खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर-बारा खण्ड निर्माण सम्पन्न भएको छ ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत हुनुुभएको छ ।
गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) का लागि दुई जना नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दी स्थाइ घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ।
भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर नेपालगन्जमा भित्र्याइएका करिब २३ लाख रुपियाँको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
रुसका सुरक्षा प्रमुख नेता किम जोङ उनसँग वार्ताका लागि प्योङयाङ आइपुगेपछि उत्तर कोरियाले शुक्रबार नयाँ हतियार प्रणालीको परीक्षण गरेको बताएको छ । यसले उसको लडाकू तत्परतालाई बढाउनेछ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकहरूको गठबन्धनका नेताहरूको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताउनुभएको छ ।
सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ ।
गुलावी शहर (पिङ्क सिटी) को पहिचान बनाएको स्याङ्जाको वालिङ बजार, यहाँका अधिकांस घरमा पिङ्क रङ्ग लगाइएको छ । बजार नजिकैबाट बग्ने आँधीखोलाले यहाँको छुट्टै पहिचान बनाएको छ । वालिङको पर्यटकीय क्षेत्र बाहुनथानबाट देखिएको दृष्य ।
प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको छ । महिनावारी विभेद अन्त्य गर्न आवश्यकताअनुसार कानुन परिमार्जनका लागि सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।