• ८ चैत २०८१, शुक्रबार

‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन

blog

अभिनय गर्दै कलाकार ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ८ गते । बाल मनोविज्ञानमा आधारित विजय मल्लद्वारा लिखित ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन भएको छ। शुक्रबार थापाथलीस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत स्नातक चौंथो वर्षका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन्।

नाटकले बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गरेको छ भने त्यसले व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई देखाइएको छ। यसैगरी कुनै पनि व्यक्तिको विचार, उसले गर्ने निर्णय र कामले व्यक्तिगत तथा सामाजमा कस्तो असर पर्छ भन्ने कुरा नजिकबाट दर्साएको छ। 

नाटक ध्रुव नाम गरेका विद्यार्थीबारे रहेको छ। विद्यार्थीकै सेरोफोरोमा कथावस्तु प्रस्तुत गरिएको छ। पर्वत लावतीको नेतृत्वमा नाटक तयार गरिएको हो। नाटक निर्देशन मुस्कान स्थापितले गर्नुभएको छ । नाटकमा अदिति मिश्र, प्रिन्सिला नेपाली, मिमांसा ढुंगेल, सान्त्वना भट्टराई लगायतको अभिनय रहेको छ।