पुरुषोत्तम सुवेदी
नवलपरासी पश्चिम (परासी), चैत ८ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ । आज नवलपरासीमा नेपाली कांग्रेसद्वारा आयोेजीत पार्टीको प्रथम क्षेत्रिय सम्मेलनमा संम्बोधन गर्दै थापाले संघीय सरकारले उचित रुपमा समन्वयकारी भूमीका निर्वाह गरी प्रदेश सरकारले जनमैत्री काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बोल्दै थापाले अबको आवश्यकता देशको आर्थिक सम्वृद्धि रहेकोले यसका लागी सवै दल मिलेर देशको आर्थिक बिकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । २०४८ साल देखी हालसम्म आउदा देशको विभिन्न विकास निमार्णको कामको नेतृत्व कांग्रेसले गरेको दावी गर्नुभयो ।
देशमा अब रोजगारी सृजना गर्ने मुख्य चुनौतीको विषय रहेको सबै मिलेर देशमा नयाँ आर्थिक कान्तीसँगै रोजगारी सृजनामा जोड दिनुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै थापाले राजनतिक दलहरुले आम नागरिकलाई साथ लिएर अगाडी बढ्नुको विकल्प नरहेको दावी गर्नुभयो ।
राजनितिक दलहरु प्रति देखिएको निरासा जनक अवस्थालाई मध्यनगर गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको सरकारले जनमैत्री र जनता भरोषा दिलाउने तरीकाले काम गर्नुपर्ने सुझाव दिनुभयो ।