काठमाडौँ, चैत ८ गते। रङ्गकर्मी सरिता गिरिले कलाकारको रूपमा काम गर्दा थिएटर र चलचित्र फरक पाटो भएको बताउनुभएको छ। ‘विश्वभरका कथाको उत्सव’ आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जारी छलफललाई ‘रङ्गमञ्च कि रङ्गिनपर्दा’ मा उहाँले रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कसका लागि गरिएको हो भन्ने भान हुन थालको बताउनुभयो।
पत्रकार सुकृत नेपालले सहजीकरण गर्नु भएको कार्यक्रममा गिरिले यस्ता महोत्सव जुधाउँदा पनि दर्शकको कमी भएको बताउनुभयो।
रङ्गकर्मी प्रमोद अग्रहरीले घर बनाउन जग मजबुत बनाए झैँ रङ्गमञ्च पर्दामा जानेका लागि खुटकिला भएको बताउनुभयो।
अभिनेता बुद्धि तामाङले, रङ्गकर्मीले रङ्गमञ्चबाट रङ्गिन पर्दामा जान फरक परिस्थिति सिर्जना भएको बताउनुभयो।
रङ्गकर्मी सिर्जना अधिकारीले नाटकमा निर्देशकले कलाकारलाई काम गराए पछि सबै कुरा कलाकारले सम्हाल्नु पर्ने तर चलचित्रमा सहयोगीहरू धेरै हुने बताउनुभयो।
उहाँले कलाकारको चरित्र सानो ठुलो नहुने बताउँदै थिएटरमा पैसा छैन भन्ने कुरा स्वीकार नगर्ने उल्लेख गर्नुभयो।