राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रियरूपमा अभियान चलाउँदै आउनुभएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसदको च्याम्बरमा प्रवेश गरेको विरोध स्वरूप मङ्गलबार यस वर्षभरका लागि संसदबाट निलम्बन गरिएको छ ।
वृन्दावन–९, भुसाहाका शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैटौँ क्रस कन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ ।
नेपाल प्रिमिर लिग (एनपिएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।
राहदानीमा जन्म मिति हेरफेर गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका सरकारी कर्मचारी तथा राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-३, लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ ।
थारू समुदायको पराम्परागत रूपमा मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाएर सम्पन्न भएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारुहरुको ठुलो कुल मन्दिरको रुपमा रहेको घोरीघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो ।
देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागु औषधसहित पक्राउ गरेको छ ।
प्रतिनिधिसभाको पुनः स्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ ।
बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारु समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ।
बाजुराको बुढीगङ्गा नगरपालिका–४, खातीगाउँका कृष्णबहादुर खातीले पछिल्लो समय अचारबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
ऐतिहासिक र पर्यटकीय सहर बन्दीपुरमा पर्यटकको घुइँचो लागेको छ । दैनिक हजारौं आन्तरिक पर्यटकको आगमनले यहाँका होटल, होमस्टे र बजार क्षेत्र खचाखच भरिएको छ ।
मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापीत गरेको अधिकारीले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्य प्रभावित भएको जनाइएको छ ।