जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन् र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन् यो मेरो देश हो । जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ
प्रकाशयुक्त नवीन किरणको खोजीमा आफूसँग चारैतिर भौँतारियो डरलाग्दो काँडालाई भाँचेर, वर्तमानमा रमाउन उत्कण्ठित पारेर
सामाजिक अभियन्ताको परिचय बनाएका भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्दै स्थापित दललाई पछि पारेर निर्वाचित हुनुभयो । सिन्धुपाल्चोकका पहाडी बस्तीमा
हामी ‘डिजिटल सुरुङ’ तर्फको यात्रामा छौँ । जहाँ मानव चेतना ‘एल्गोरिदम’ को घेरा र ‘बाइनरी’ का भित्तामा ठोक्किएर आएको आफ्नै प्रतिध्वनि सुन्ने प्रयास गरिरहेछ । आजको युगबारे प्रश्न मनमा खेलाउँदा उत्तरको ताँती लागेर आउँछ । त्यो ताँतीको एक शृङ्खला बन्छ, अग्लोहोचोको हिमशृङ्खला जस्तै । डिजिटल युग, बाइनरी युग, प्रविधिको युग । सूचना सञ्चारको पराकाष्ठा । ए
बागमती प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकभित्रका १३ वटा स्थानीय तहमा रहेका ७२ वटा विद्यालयमा पूर्वाधार निर्माणका काम गरिने भएको छ । पूर्वाधार अन्तर्गत घेरबार,
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
युवादित्य निधि तिवारी पैसा तिर्नुपरे औषधी पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका राजकिशोर महतोले निर्वाचनअघि मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न दृढताका साथ लागिपर्ने बताउनुभएको छ । उहाँले मधेशमा देखिएको शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, समस्यै समस्याले झेलिएको कृषि व्यवसाय र बढ्दो बेरोजगारीलाई प्रमुख समस्याका रूपमा बुझेर आगामी दिनमा ती विषयमा सुधार गर्न आफू लागिपर्ने बताउनुहुन्छ ।
ताप्लेजुङबाट निर्वाचित हुनुभएका क्षितिज थेबेको संसदीय यात्रा पारिवारिक विरासत बनेको छ । बुढो बाजे, बाजे, बाबु र आमाको राजनीतिक यात्रापछि क्षितिजले यसलाई विरासतकै रूपमा अगाडि बढाउने अवसर प्राप्त गर्नुभएको छ ।
बाटो एउटै भए पनि यात्रुको मन कहिल्यै एउटै हुँदैन । कसैलाई अघि दौडिएको गाडी भेट्ने हतार हुन्छ, कसैलाई छिटो घर पुग्ने चटारो । कसैलाई बजार चाँडै पुगेर सरसामान जुटाउने दौडधुप तर मलाई अलि परै उभिएर त्यो लोहोरो आकारको सुन्दर ताललाई हात जोडेर नमन गर्नुबाहेक केही गर्न नसकिने नियति परेछ । तालको दिव्यतामा चक्षु लोटाएर र परैबाट टोलाइरहनु नियति बन्यो ।
भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
कठ्याङ्ग्रिँदो चिसो हावा, सिमसिम पानी र हिउँको पर्वाह नगरी सडक किनारमा भिक्षुको लस्करले विश्व समुदायको ध्यान तानिरहेको थियो । सोसल मिडियामा यी दृश्यले प्राथमिकता पाइरहेका थिए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ