दुई हजार पाँच सय रोपनीभन्दा बढी भूमिमा सिँचाइ हुने गरी पञ्चायती कालमा निर्माण गरिएको २० लाख लिटर क्षमताको पोखरी फुटेर जीर्ण बनेको १५ वर्ष भयो ।
नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
खेल्ने क्रममा नाम्लाको पासो लाग्दा गुल्मीमा एक बालक घाइते भएका छन् । सोमबार साँझ यस जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका गोबिन्द माझकोटीको छोरा नौ वर्षीय माधव माझकोटी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो ।
उत्तरी गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–१, सामागाउँबाट पशुमा पूर्ण खोप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ ।
प्राकृतिक सुन्दरता, शान्त वातावरण र हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने मङ्गगला गाउँपालिका–५, चाङ्गा खर्क पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा १२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय गत शुक्रबार सकिएको थियो ।
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ ।
निमीषा र विपिनको प्रेम सम्बन्ध स्कुले विद्यार्थीदेखिकै हो । जब निमीषा कक्षा ८ मा भर्ना हुन आइन् उनलाई देखेर विपिनको मनको ढुकढुकी तीव्र भएको थियो । कक्षा ७ बाट उत्तम श्रेणीमा उत्तीर्ण भई कक्षा
चिनीयाँ पक्षले कामका लागि ताक्लाकोटमा बस्दै आएका हुम्लावासीलाई फिर्ता पठाउन सुरु गरेको छ । चिसो बढेपछि ताक्लाकोटमा काम गर्न नसकिने जनाउदै हुम्लाका युवा युवतीलाई फिर्ता पठाउने कार्य सुरु गरिएको हो ।
“केटो हो कि केटी हो ?” म तल ओर्लिंदै गर्दा आमाले मसिनो स्वरमा सोध्नुभयो तर म उत्तर नदिई ओर्लें । थाप्लामाथि अपराह्नको घाम थापेर त्यो आँगनमा उभिएको थियो । त्यो अर्थात् त्यो मानव जाति । छेउ न टुप्पोबाट सु
जाजरकोट अस्पतलामा एक महिनदेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्ता गरेपछि उपचारका लागि आएका बिरामीलाई समस्या भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण तथा सवारी साधन सञ्चालनलाई सुरक्षित र सहज बनाउन जिल्लामा विशेष साप्ताहिक अभियान सञ्चालन गरेको छ ।