एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योगी, व्यवसायी एवं उपभोक्तासँग छलफल गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरी वनस्पति उद्यान पछिल्लो समय प्रकृतिप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि डा. महावीर पुन शनिबार धवलागिरि गाउँपालिका–१ को दुर्गम गाउँ गुर्जा पुग्नुभएको छ ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
आइची नागोया एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शनिबार ‘एसियन गेम्स फन रन’ आयोजना गरिएको छ ।
सामूहिक बलात्कारमा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सल्यानमा पनि विरोध र्याली निकालिएको छ ।
पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ ।
ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ ।
लगातार दुई खेलमा हार व्यहोरेसँगै एसपीए कलेज धनगढी र हिमालयन क्रिकेट एकेडेमी प्रतियोगिताबाटै बाहिरिएका हुन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप वृद्धि भएको छ ।
खाना पकाउने ग्यास र सवारीसाधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।
जिल्लामा छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
क्रिकेट प्रशिक्षक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत टमटालाई ५० हजार रुपियाँ राशिको चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गरिएको छ ।
मुस्लिम धर्मावलम्वीहरूको एक महिने रमजान पर्व (रोजा) मा सात वर्षीय बालक पनि सहभागी हुनुभएको छ ।
उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १:२० बजे ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जेसीएसले विज्ञप्ति मार्फत जनाएको हो ।