कालीकोट, जुम्ला लगायतका हिमाली जिल्लामा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा सबैभन्दा बढी अङ्क प्राप्त गरी सिरिजङ्घा गाउँपालिका प्रथम भएको हो ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जलेन्स्कीले शुक्रबार इरान युद्धको बिचमा अमेरिकी सरकारले लागू गरेको रुसको तेलमा ३०-दिने माफी ‘सही निर्णय नभएको’ बताउनुभएको छ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
प्यालेस्टिनी इस्लामवादी आन्दोलनरथ समूह हमासले शनिबार इरानलाई छिमेकी देश लक्षित आक्रमण रोक्न आह्वान गरेको छ । यसैबिच तेहरानको इजरायल र संयुक्त राज्य अमेरिका विरुद्ध आफ्नो रक्षा जारी राख्ने अधिकारको पुष्टि गरिरहेको छ ।
नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ समापन गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारबाही गर्न माग गर्दै शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्य विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
इरानको पर्यटन मन्त्रालयले हाल मध्यपूर्व युद्ध १५ औं दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थल क्षतिग्रस्त भएको शनिबार जनाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित अन्नपूर्ण पदमार्गमा पर्ने समुद्री सतहबाट तीन हजार एकसय मिटरमा अवस्थित ग्रिनलेक र पृष्ठभूमिमा देखिएको सेतो बादल। यस ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने-पोखरा) मा निर्माण कार्यले गति लिएको छ ।
धनुषाको कमला नगरपालिकामा चालू आर्थिक वर्षको बजेट अझै पारित हुन नसक्दा विकास निर्माणका कामदेखि सेवा प्रवाह प्रभावित भएका छन् ।