• ३० फागुन २०८२, शनिबार

इन्द्रेणी भविष्य (कविता)

blog

प्रकाशयुक्त नवीन किरणको खोजीमा

आफूसँग चारैतिर भौँतारियो 

डरलाग्दो काँडालाई भाँचेर, 

वर्तमानमा रमाउन उत्कण्ठित पारेर

उत्कर्षका लागि कुदिएको म

उत्तरदायित्वलाई उत्खनन गर्न

सपनामा दुधले नुहाउँदा

अनौठो रोमाञ्चकारी सुखानुभूतिले अचानक स्पर्श ग¥यो 

समृ‌द्धि र समुन्नतिको अभिलाषा ।


जून र घामको सङ्गममा झिलिमिली दृश्यहरू

सिमलको भुवासरी आकाशमा उड्‌यो 

बादललाई पन्छाउँदै उज्ज्वल भविष्यको रोजाइ 

परिकल्पना गर्दागर्दै दङ्ग परियो

असङ्ख्य मानिसको अशान्तिलाई विश्राम गरी

खुसियालीमा रमाइयो त्यहाँ दीपावली मनाइयो

अचानक– ती दीप निभे ।


जिन्दगीले खल्लो महसुस ग¥यो 

धर्ती एक एक घायल हुन पुगे 

महाराजको तिरले पिरोलिरहेको थियो 

जीवनमा अन्धकारले श्रीपेचको झिरलाई खेप्न पुग्दा

खोइ, त्यो निडरता कता हरायो ?


रगताम्मे भए मेरा अङ्गप्रत्यङ्गहरू

उज्ज्वल भविष्यको खोजीमा

मेरा अमूल्य दिनहरू अन्धकारमै लोलाए

हरायो मेरो आवाजको लय

लोलाई गए उज्ज्वल अन्धकारमा मौन नक्षत्रहरू

अनगन्ती सपनासित चम्किला आवृत्तिहरू

पुर्णेको जूनसित लुकामारी खेल्दै गर्दा

स्वप्नलोकमा प्रतिध्वनित भए मेरा इन्द्रेणी भविष्य ।