संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ६ स्थित काशीगाउँमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा दुर्लभ रेडपान्डा संरक्षणसम्बन्धी क्रियाकलापमा करिब दुई करोड रुपियाँ खर्च गरिने भएको छ। रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले चालू आर्थिक वर्षमा उक्त रकम खर्च गर्ने भएको हो।
प्रतिनिधि सभामा सांसदहरूले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टका लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झाले बताउनुभएको छ ।
एलएक्ससिटी फुटबल क्लब बेलबारी मोरङको आयोजनामा आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण असोज ११ गते देखि हुने भएको छ ।
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।
पहिराले पटकपटक खानेपानीको पाइप बगाउँदा तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीका बासिन्दाले समस्या भोग्दै आएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको बिहीबार अनावरण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ ।