राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिक उत्सव मनाइएको छ ।
कर्णाली राजमार्गमा भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । बुधबार दिउँसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ दहिखोला, गगनेखोलादेखि एस मोडसम्म भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र फुट्ने कुरा वाहियात रहेको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेतो पुतलीबाट शापू रोग लाग्नबाट बच्न आग्रह गरेको छ ।मन्त्रालयले सूचना निकाल्दै सेतो पुतलीले आँखामा शापू रागे लाग्ने हुँदा सावधान रहन आग्रह गरेको हो ।
बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
सङ्घीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
रुसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउने बताउनुभएको छ ।
वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ को बजेट विवरण सार्वजानिक गरेको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।
चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका पौने तीन सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको चरम समस्या भोग्न बाध्य स्थानीय अब भने घरघरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ ।
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौधौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन् ।