सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।
विसं. २०७७ फागुनदेखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको शीतभण्डार क्षमता अनुसारको कृषी उपज भण्डारण नभएपछि सञ्चालनमा समस्या आएको छ ।
पर्वतको जलजला गाउँपालिका ७ स्थित केराबारीको पहिरोले विद्युतको पोल ढल्दा आठ सय घरधुरीमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार खसेको पहिरोले प्रसारण लाइनको तीन वटा पोल र तारमा क्षति पुर्याएको थियो ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा चलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट १७ हजार ८०१ भन्दा बढी सङ्क्रमित भएका छन् । सङ्क्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो ।
जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।
हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका–४ गणेशिया चौरको चिम्नि नजिकै २७ लाख ७७ हजार ५५२ रुपियाँ बराबरको पटाका बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १० गण हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।
प्राकतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्डमा पर्यटकलाई आकर्षित गर्न व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
रुपन्देहीका अस्पतालहरुमा डेंगु सङ्क्रमित बिरामीहरुको चाप बढ्न थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् वा छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।