• २६ चैत २०८१, मङ्गलबार

रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते

blog

झापा, चैत २५ गते । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नम्बर ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । 

पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो । पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज बिहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो । रासस