मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ ।
देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।
सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताउनुभएको छ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा पर्नुभएको छ ।
कैलालीमा करेन्ट लागेर घाइते वृद्धाको उपचारको क्रममा ज्यान गएको छ। धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरबाट आज वृद्धालाई करेन्ट लागेको थियो।
बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
पछिल्लो समय संरक्षित क्षेत्रबाट घाइते बाघ मानव बस्तीमा निस्किने क्रम बढेसँगै बाघ मानवबिचको द्वन्द्व बढ्ने देखिन्छ। बाघ मानव बिचको द्वन्द्व बढ्नु अगावै समस्या ग्रस्त अवस्थामा आउन सक्ने बाघको पहिचान गरेर व्यवस्थापन गर्नु जरुरी छ।
पेरिस पारालिम्पिक–२०२४ बुधबार (आज) देखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पारालिम्पिकमा भाग लिन नेपाली खेलाडी पेरिस पुगिसकेका छन् ।
नेपालगन्जवासीलाई सहज र सरल रूपमा खानेपानी उपलब्ध गराएर खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालनमा आउन सकेको छैन ।
गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ ।
गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो। हिमाली भेग तुवाँलाेले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ। तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन्।
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र)का सांसदले नियमापत्ति गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।