रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा रहेको पुमा खोलामा पुल नहुँदा यहाँका सर्वसाधारणले सास्ती पाउँदै आएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।
जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।
नेपालमा आफ्नै पहिचान र संरक्षणका लागि अघि बढिरहेको जाति हो कुलुङ । २०७८ सालको जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ छ भने कुलुङ भाषा बोल्नेको सङ्ख्या ४० हजार ४७९ जना रहेको छ । सङ्ख्यात्मक रूपमा थोरै र बसाइका हिसाबले पनि थोरै जिल्लामा बसोबास गर्ने कुलुङ जातिको संस्कार र संस्कृतिका बारेमा खासै अभिलेख छैन, अध्ययन पनि भएको छैन । भाषाका बारेमा केही विश्वविद्यालय र केही अनुसन्धानकर्ता
ऊ ओरालो लाग्दै थियो र अर्कोतर्फबाट साइकिल डो-याउँदै एक अपरिचित उकालो लाग्दै थियो । ओरोलो लाग्दै गरेको मोहन थियो र उकालो लाग्दै गरेको रामप्रसाद । साइकिल डो-या
काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो ।
आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुने पार्टी सचिवालयले जनाएको छ ।
धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको नेपालगन्जको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदै छ । काम भने एक चौथाइ अर्थात् २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको १४ किलोमिटर लामो सडकखण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब १४ करोडमा बन्न लागेको सडक कालोपत्रे कार्यमा भने सुरुवातदेखि नै ढिलाइ हुँदै आएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।
दाङको दङ्गीशरण गाउँपालिकाले छोरीहरूको खातामा आठ लाखभन्दा बढी रकम जम्मा गरेको छ । ‘छोरी सम्मान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले दुई वर्षको अवधिमा २३२ जना छोरीको खातामा मासिक तीन सय रुपियाँका दरले आठ लाख ८९ हजार पाँच सय रुपियाँ जम्मा गरिदिएको हो । उच्च शिक्षा अध्ययनमा छोरीहरूलाई सहयोग पु¥याउने उद्देश्यले दङ्गीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ‘छोरी सम्मान कार्यक्रम’ सुरु गरेको थियो । दङ्गीशरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा १२३ जना र आर्थिक वर्ष २०८०/८१ मा १०९ जना गरेर २३२ जना छोरीको खातामा पैसा जम्मा गरिएको जानकारी दिनुभयो ।