महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आन्दोलनरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख लालमणी आचार्यको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन्।
बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ ।
वायु प्रदूषणले गर्दा आँखाका बिरामी बढेका छन् । हाल जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको हो ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीमाथि आक्रमण गर्ने सन्दीप आचार्य चार दिन फरार रहेको प्रहरीले जनाएको छ ।
डोटीमा काठ बोक्ने मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार (भोली) मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएको छ । उहाँले मधेश प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ ।
अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ ।
टोकियोसँगको उत्तेजनाबिच रुसले सोमबार दोस्रो विश्वयुद्धको समयमा मस्कोले कब्जा गरेको विवादित टापु शृङ्खलालाई फिर्ता गर्न आह्वान गर्ने जापानी समूहलाई गैरकानूनी घोषित गरेको बताएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ ।
तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही क्षेत्रमा सोमबार देखि तीन दिनको लागि विद्युत सेवा अवरुद्ध भएको छ ।
चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।
योजना आयोगका सदस्य प्राडा.आरपी विच्छाले भएको बजेटलाई व्यवस्थीत गर्दै स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दक्षिणपूर्वी एसियाली देशहरूलाई अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएपछि ‘दृढ भएर उभिन’ आह्वान गर्नुभएको छ ।
बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो ।