नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण निगमको जहाजमार्फत हवाई सेवा लिने यात्रु सास्ती भोग्न बाध्य छन् । यसअघि लगेज फुटेको, यात्रुलाई बेवास्ता गरेको, यात्रुलाई अलपत्र पारेकोलगायतका गुनासा आउने गरेकोमा पछिल्लो समय एकैपटक तीन वटा जहाज ग्राउन्डेड भएपछि सयौँ यात्रु मर्कामा परेका हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रियतर्फको उडान प्रभावित हुँदा निगमले दैनिक ठुलो आर्थिक नोक्सानी मात्रै बेहोरेको छैन, राज्यलाई हुँदै आएको ठुलो आम्दानीमा समेत क्षति थपिँदै गएको छ ।
प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।
बझाङ जिल्लाको मसदेव आसपास क्षेत्रमा बिहीबार स्थानीय समय अनुसार ७ बजेर ३७ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।
सहकारीको रकम अपचलनको आरोपमा सम्पर्क बाहिर रहनुभएका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा हुनुभएको छ।
नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ।
पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन्।
सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ।
२२ वर्षको युवा अवस्थामा विदेश जानुभएका ओखलढुङ्गाको साबिक रागादीप गाउँ विकास समिति हाल मोलुङ गाउँपालिका–८ का खरबहादुर राई ७१ वर्षको वृद्ध अवस्थामा घर फर्किनु भएको छ।
बृहस्पति विद्यासदनका सार्थक मानन्धरले केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्र एकलमा स्वर्ण जित्नुभएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सञ्चार ऐनमा गर्नुपर्ने संशोधनको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।