नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा पर्यापर्यटनको महत्वपूर्ण सम्भावना छ । नेपालको भूबनोट, जलवायुको प्रभाव, सामाजिक तथा सांस्कृतिक वैभवता तथा विविधता, पारिस्थितिकीय र जैविक विविधताको प्रचुरता र प्राकृतिक रमणीयता तथा सुन्दरता जस्ता पक्षहरूले नेपालको पर्यापर्यटन व्यवसायको प्रवर्धन, विकास र विस्तारमा अतुलनीय सम्भावना प्रदान गरेका छन् । धार्मिक मनोकाङ्क्षा पूरा गर्ने प्रयोजनार्थको तीर्थाटन होस्, वैज्ञानिक खोज तथा अनुसन्धानका लागि गरिने अध्ययन–अनुसन्धान होस्, फुर्सदिलो समयमा रमाउन होस्, योग साधनाका लागि चाहिने शान्त परि
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित मूलबास क्षेत्रमा चराउन लगिएको बाख्रा । मैकोटका स्थानीयवासीले व्यावसायिक रुपमा पालेको बाख्रा चरिचरनका लागि यही क्षेत्रमा अस्थायी गोठ राखेर चराउँदै आएका छन् ।
बाँके डान्सिङ स्टार, २०८१ को उपाधि कोहलपुरका सुप्रिम पाण्डेले जित्नुभएको छ । सहयात्री कला केन्द्रद्वारा आयोजित डान्सिङ स्टारमा विजयी पाण्डेले ५० हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभएको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
राष्ट्रिय महिला आयोगले तिजलाई तडकभडक रूपमा नभई मितव्ययी बनाउनुपर्ने सन्देश दिन तिज पर्व मनाएको छ । तिज विशेष कार्यक्रममा श्रमिक महिला सहकारी नौमती बाजा समूहको विशेष प्रस्तुति रहेको थियो । आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको महान् चाड तिज कार्यक्रमले महिला सशक्तीकरणको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मधेशी आयोगका सदस्य रेणुकुमारी साहले तिजलाई भड्किलो नबनाई कला, संस्कृति जोगाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभयो । आयोगका सचिव पार्वती अर्यालले तिज पर्वलक्ष्यित आयातलाई घटाउन घरमै भएका कपडा, गहना, सजावटका सामग्रीलाई फेरि फेरि प्रयोग गर्ने संस्कारको थालनी गर्न सके आर्थिक बचतमा टेवा पुग्दा आर्थिक सशक्तीकरणको पाटो सबल हुने बताउनुभयो ।
हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ । भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’ बन्ने पर्व हुन थालेको छ । तिज पर्व भड्किलो र विकृति भित्रिँदै गएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका महिलाले गौरा तथा तिज मिलन कार्यक्रम आयोजना गरी पर्वको मौलिकतामा जोड दिएका छन् ।
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘नूग् : द्य’ मञ्चन भइरहेको छ । नेपाल भाषामा ‘नूग् : द्य’ अर्थात् भित्री आत्मा हो । मुख्य पात्र नुहाङकै लेखनमा विजय तामाङ ब्लोनले नाटकको निर्देशन गर्नुभएको हो । डान्सर बन्ने हुटहुटी बोकी हिँड्ने लोप्साङको जीवनमा आउने उतारचढावलाई नाटकमा प्रस्तुत गरिएको छ । तिनै कलाकारको उतारचढावलाई नाटकमा विभिन्न कोणबाट देखाउन खोजिएको छ । नृत्यको सपना पुनः सँगालेर आएका लोप्साङले आफूलाई त उभ्याएका छन् नै तमाम युवालाई समेत सपना देख्न र सपनाको गन्तव्यमा हिँड्न सिकाएका छन् । नाटकको सुरुवात राष्ट्रियस्तरको नृत्य प्रतिस्पर्धामा ‘म्याजिक क्रु’ को अन्तिम राउन्डको प्रस्तुतिबाट भएको छ । अन्तिम राउन्डको प्रस्तुतिकै क्रममा लोप्साङको नृत्य सपनामा अचानक तुषारापात हुन्छ । नृत्य देखाइरहनुपर्ने लोप्साङ जब ह्विलचियर देखिन्छ त्यसपछि उनी आफ्नो विगतमा फर्कन्छन् । उनका जीवन भोगाइ विस्तारै विस्तारै खुल्दै जान्छन् ।
बाढीले क्षतिग्रस्त नेसनल जलविद्युत् आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । नेपालीको मात्र लगानीमा निर्माण भई विद्युत् उत्पादन गरिरहेको ७.५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको बाढीले क्षति पुर्याएको थियो । बाढीले आयोजनाको पावर हाउसको स्विचयार्डलगायतका संरचनामा क्षति पुर्याएको थियो । आयोजनाका स्टेसन म्यानेजर इन्जिनियर वसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रूपमा पावर हाउसलगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको बताउनुभयो ।
तानसेनका चार पालिकामा औद्योगिक ग्राम बन्ने घोषणा भए पनि त्यसले सार्थकता पाएको छैन । तानसेन, रामपुर, रिब्दीकोट र माथागढी गाउँपालिकामा औद्योगिक ग्राम बनाउने सरकारको योजना रहेको थियो । कतै रकम अभावले औद्योगिक ग्राम निर्माणको काम अलपत्र जस्तै बनेको छ । कतै काम नै सुरु हुन सकेको छैन । पालिकाभित्र सञ्चालन हुन सक्ने मझौला तथा साना उद्योग एकै स्थानमा सञ्चालन गर्ने योजना अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ देखि औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको थियो । औद्योगिक ग्राम निर्माणमा भएको ढिलाइले पालिकासमेत अलमलमा रहेको छ ।
पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा हुनुहुन्छ ।
अब वाणिज्य बैङ्कहरूले अतिरिक्त पुँजीको व्यवस्था (काउन्टर साइक्लिक बफर) अनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ । सो व्यवस्था बैङ्कलाई नियमन गर्ने नेपाल राष्ट्र बैङ्कले गरेको हो । आकस्मिक सङ्कटको प्रभावबाट सुरक्षित राख्न बैङ्कहरूले अतिरिक्त रूपमा जोहो गर्ने यही पुँजीको अंशलाई ‘काउन्टर साइक्लिक क्यापिटल बफर’ भनिन्छ । यस्तो बफर शून्य प्रतिशत कायम गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि यस्तो बफर शून्य प्रतिशत कायम गरेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोग गर्न नेपालस्थित अमेरिकी दूतावासलाई आग्रह गर्नुभएको छ । कृषि मन्त्रालयमा बिहीबार नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँगको भेटघाटमा मन्त्री अधिकारीले सो आग्रह गर्नुभएको हो ।
बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।
नेपालको शिक्षा प्रणाली सिप र श्रममा जोडेर उत्पादन बढाउन सहयोग पुग्ने व्यावहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपालमा दिइने शिक्षा सैद्धान्तिक ज्ञानमा मात्रै आधारित भएकाले यसले श्रम बजार, उत्पादन र रोजगारीलाई जोड्न सकेको छैन । नेपाल उद्योग परिसङ्घ, होटेल सङ्घ नेपाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा बिहीबार राजधानीमा आयोजित ‘शिक्षा र रोजगारी’ विषयक छलफलमा सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो ।
चाडबाड नजिकिँदै गर्दा उत्पन्न हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सरकारले एकीकृत अनुगमन संयन्त्र परिचालन गर्ने भएको छ । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्तासम्म सहज उपलब्धलाई सुनिश्चित गरी अस्वाभाविक मूल्यवृद्धिलाई निरुत्साहित गर्न गृह प्रशासन, सुरक्षा निकाय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागलगायत उपभोक्ता हकहितमा काम गर्ने सङ्घ सस्थालाई एकीकृत संयन्त्रमार्फत बजार अनुगमनमा खटाउन लागेको हो ।