• ५ वैशाख २०८२, शुक्रबार

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउँदैछौँः मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, चैत २९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संरचनाहरु निर्माणको क्रमदेखि नै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताउनुभयो । उहाँले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताउनुभयो । 

मन्त्री दाहालले सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरेको बताउनुभयो ।