अर्जुन काफ्ले
स्याङ्जा, चैत २९ गते । पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा– ३ मा ३० वटा, वडा– ४ मा २८ वटा, वडा– ५ मा ३२ वटा, वडा– नौमा चार वटा, वडा–१० मा ३४ वटा, वडा–११ मा ३१ वटा, वडा–१३ मा ४८ वटा, वडा–१४ मा ५० वटा मिनी टेलर (हाते ट्याक्टर) किसानहरुले ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
वडाका कृषकको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण गरिएको हो । नगर प्रमुख तुलसीराम रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषीबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध गर्नुभयो ।
कसैको घरमा पनि यत्तिकै नराख्न आग्रह गर्दै नगर प्रमुख रेग्मीले नगरलाई कृषी क्षेत्रको यान्त्रिकरणमा अघि बढाउन यसअघि अन्य वडामा १२० वटा हाते टयाक्टर वितरण गरेको बताउनुभयो ।
कृषकले पेट्रोलबाट चल्ने सात हेक्टरको हाते ट्याक्टर ५० प्रतिशत (रु.१३१२५) तिरेर पाएको कृषि प्रमुख अरुण रेग्मीले बताउनुभयो । विगतमा वर्षमा समेत २५० वटा हाते ट्याक्टर पालिकाबाट वितरण गरिएको र पहिला नलगेका र आवश्यकताको आधारमा कृषकलाई दिइएको पालिकाले जनाएको छ ।