• ५ वैशाख २०८२, शुक्रबार

मर्स्याङ्दी जलविद्युत् केन्द्रद्वारा ४० प्रतिशत मात्रै विद्युत उत्पादन

blog

हिमालबाट बगेर आएको मर्स्याङ्दी नदी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत २९ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले ४० प्रतिशतमात्रै विद्युत उत्पादन गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात ४० प्रतिशत मात्रै उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।

सुख्यायाम सुरु भएकाले नदीमा पानीको बहाव कम भएकोले उत्पादन घटेको गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, ‘‘यसपाली हिउँदमा थोपै पानी परेन लामो खटेरीले गर्दा ४० प्रतिशत मात्रै उत्पादन भएको छ ।’’ हाल ४० मेगावाट उत्पादन हुनु पर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो ।

केन्द्रमा २३, २३ मेगावाटका तीन वटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादन घटेको गौतमले जानकारी दिनुभयो ।

हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्र प्रमुख गौतमले बताउनुभयो । गौतमका अनुसार वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जान्छ  । 

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन घटेको हो ।