नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबिच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ।
सशस्त्र द्वन्द्वको क्रममा तीनपल्ट भिडन्तको चपेटामा परेको सल्यानको गुराँसे गाउँमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरले बिरामीलाई राहत दिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ।
गुल्मी अस्पतालमा नसर्ने रोगहरूको उपचारका लागि ‘पेन प्लस क्लिनिक’ सञ्चालनमा ल्याइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा नछाडेको बताउनुभएको छ।
अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय थियो, आर्थिक जोहो।
पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडक खण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडक खण्डमा सडक विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ ।
केपी ओली कप राष्ट्रिय खुला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौँडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।
बर्दियामा नेपालकै प्रथम खो-खो लिग प्रतियोगिता सुरु भएको छ । खो खो खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।
ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तनहुँको भिमाद नगरपालिका–५ स्थित पर्यटकीय गाउँ मिर्छुलुङमा सांस्कृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग भएको सम्झौता तोडेको बताउनुभएको छ। अझै पनि संविधान विरोधी गतिविधि गरिरहे सरकारले कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो।
लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।
नयाँ शैक्षिक सत्र २०८२÷०८३ सुरु हुन अगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ ।