• २५ चैत २०८१, सोमबार

शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ : काँग्रेस महामन्त्री थापा

blog

कार्यक्रममा बोल्नु हुँदै काँग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, चैत २५ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

शिक्षकका धेरै मागहरु सरकारको कार्यपालिकाको वैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भन्नुभयो, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै वैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’ 

मुख्य मागहरु मन्त्रीपरिषको बैठकबाट पुरा गर्ने र बाँकी मागहरु छिट्टै कानुन बनाएर पुरा गर्न सकिने उहाँको भनाई थियो । प्रकाशित गरेको पुस्तकको महामन्त्री थापाले बिमोचन गर्नु भएको हो । महामन्त्री थापाले तरुणले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्नुभयो । 

साथै महामन्त्री थापाले विपी स्मृति भवन दमौलीमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिनुभयो । शिक्षकहरु सडकमा आएर लामो समय सम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गंभिर भएर सरकारले तत्कालै माग पुरा नभए अप्रिय घटना हुने स्थितीको सिर्जना हुने महामन्त्री थापाको भनाई थियो ।

काँग्रेसको महाधिवेशन २०८३ भित्रै हुनुपर्ने बताउनुभयो । आगामी २०८४ को निर्वाचन पछि अधिवेशन गर्न कानुनले नमिल्ने भएकोले वैशाखमा हुने स्थानीय तहको निर्वाचन अघि नै अधिवेशन हुने बताउनुभयो । 

समयमा अधिवेशन भएन भने काँग्रेसको चुनाव चिन्ह नै अन्य पार्टीले दल दर्ता गरेरै लैजाने जोखिम हुने उल्लेख गर्दै निर्वाचन अघि नै अधिवेधन हुने उहाँको थियो । महामन्त्री थापाले युवाहरुलाई राजनीतिक प्रशिक्षणको कमि भएकोले अवसरवादीहरुले मौका पाएको बताउनुभयो । राजनीतिक योगदान र गरेको कामको राम्रोसँग बुझाउन नसक्दा झुट्टो कुरा गर्नेले चुनावमा मत पाएको उहाँको भनाई थियो । 

युवाहरुलाई प्रमुख रोजगारीको क्षेत्र भनेको आईडी भएकोले उल्लेख गर्दै थापाले सूचना प्रविधिमा दक्ष हुँदा स्वदेशमै राम्रो कमाई गर्न सकिने बताउनुभयो । यसबाट आफ्नो देशको मात्रै नभई विदेशको समेत काम गर्न सकिने भएकोले युवाहरु आईटी सम्बन्धि ज्ञान लिए बेरोजगारीको अन्त्य हुने उहाँको भनाई थियो ।