निर्वाचनको कारण हलमा दर्शक पातलिएको बेला अब चैत महिनामा भने हलमा दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । चैतमा चार वटा चलचित्र प्रदर्शनमा आउँदै छन् । चैतको दोस्रो साता अर्थात् १३ गते एक मात्र चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन हुँदै छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन नहुने देखिएकाले यसले एकल प्रदर्शनको अवसर पाउने छ ।
प्रतिनिधि सभा चुनावपछि चलचित्र ‘लालिमा’ हलमा पहिलो प्रदर्शनमा आउने चलचित्र हो । यौनकर्मी महिलाको वास्तविक जीवनका कथामा आधारित चलचित्रको भूमिकामा अभिनेतृ रोशनी कार्की देखिएकी छन् । उनको यो पहिलो शीर्ष भूमिका हो ।
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिनुभएको छ ।
नइ एकेडेमीले नेपाली भाषा–साहित्यको अनुसन्धान तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पु¥याएको भन्दै युवा प्राज्ञ डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
भक्तपुर चलचित्र महोत्सव आयोजना हुने भएको छ । उक्त महोत्सव चैत ६ र ७ गते आयोजना हुन लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताउनुभयो ।
पश्चिम एसियाको विषम परिस्थितिले नेपालको रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । ठुलो सङ्ख्याका नेपालीको कर्मथलोमा द्वन्द्व चर्किंदा नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न निर्देशन दिएको हो ।
रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर अनलाइन ठगीको धन्दामा लगाइएका २१ जना नेपाली नागरिकलाई उद्धारपछि शुक्रबार स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पु¥याएर त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएका २१ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो ।
सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) बन्द गरेको छ । पश्चिम एसियाका देशमा जारी तनावका कारण राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ ।
अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ ।
मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।
नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट आज यहाँ सम्मान गरिएको छ ।
काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् ।
शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ।