शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ।
डिएलए बागलुङको अध्यक्षमा अधिवक्ता हरि प्रसाद गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ।
निर्माण व्यवसायीको लापरवाहिका कारण लामो समयदेखि निर्माण हुन नसकेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड अब कालोपत्रे हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको एघारौं महाधिवेशन चैत ५ र ६ गते काठमाडौँमा आयोजना हुँदैछ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको छ ।
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का नेता स्वर्गीय अशोक कोराइलाको वार्षिक पुण्यतिथिको अवसरमा बाँकेको कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार उहाँको सम्झनामा वार्षिक पुण्यतिथिको अवसर पारेर विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भोलिदेखि सुरु हुने १२ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने दाबी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि भएका सबै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।
कोहलपुरमा सञ्चालन भइरहेको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा ब्राइटल्याण्ड कलेज विजयी भएको छ । ब्राइटल्याण्डले सुदूरपश्चिमको एसपीए कलेजलाई चार विकेटले पराजित गरेको हो ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।