चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ ।
चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ ।
वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरूमा देखिएको पछिल्लो द्वन्द्वले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष र गम्भीर असर पार्ने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बाँकेको जानकी गाउँपालिकास्थित भिखारीपुर्वा–पार्वतीपुर क्षेत्रको नहरमा कत्था उद्योगबाट निस्कने फोहोर पानी विसर्जन गरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबिच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ ।
श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिन अघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो ।
पोखरा महानगरपालिकाका पूर्व प्रमुख एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै महानगरपालिकाले चैत १ गते आइतबार मातहतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपालमा विभिन्न समयमा सम्पन्न भएका नाै वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य स्वागत गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।
प्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरेको छ ।
सुनसरीको चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट दोस्रो सामुदायिक विद्यालयको स्थान प्राप्त गरेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीले गरेको मूल्याङ्कनबाट विद्यालयले उत्कृष्ट दोस्रो स्थान हासिल गरेको हो ।
श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ ।