आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको छ । झण्डै ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रसहित एक हजार एकसय मिटर लामो मैदान ग्राभेल गरिएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।
स्याङ्जा वालिङमा रहेको इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वालिङ नगरपालिका –६ की १८ बर्षीया सीता पाण्डे, वालिङ नगरपालिका –३ का १७ बर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
गत असारमा भत्किएको लमजुङ कारागार मर्मत हुन नसक्दा यहाँका कैदीबन्दीलाई बाहिरी जिल्लामै राख्नुपरेको छ । जिल्ला बाहिर बस्नुपर्दा कैदीबन्दीलाई अदालतमा पेशी लिन आउजाउमा समस्या भएको छ ।
नेकपा (एमाले) का नेता महेश बस्नेत आज धनगढी आउने खबर पाएपछि जेनजी युवा सडकमा उत्रिएका छन् ।
सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ ।
क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालिएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।
मुस्ताङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतङ्कवाद विरोधी’अपरेसन सुरु गरेको घोषणा गरेको छ ।
आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका म्यान्माकाे निर्वाचन स्वतन्त्र र विश्वसनीय दुवै नहुने स्पष्टरूपमा बताउँदै हिरासतमा रहनुभएकी लोकतान्त्रिक नेत्री आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान गर्नुभएको छ ।
जिल्लामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल जोडिएका छन् ।
लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् ।