भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
कठ्याङ्ग्रिँदो चिसो हावा, सिमसिम पानी र हिउँको पर्वाह नगरी सडक किनारमा भिक्षुको लस्करले विश्व समुदायको ध्यान तानिरहेको थियो । सोसल मिडियामा यी दृश्यले प्राथमिकता पाइरहेका थिए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ
बाजुराबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फका दुई हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ।
सप्तरीमा यतिबेला चैते धान रोपाइँ सुरु भएको छ। किसानलाई चैते धान रोप्ने चटारो बढेसँगै बिहानदेखि महिलाहरू धान रोप्न व्यस्त देखिएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको भानु जन माध्यमिक विद्यालय अम्बिटारमा अध्यक्ष कोष स्थापना गरिएको छ । नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा उक्त विद्यालयमा ५५ हजार ५५५ रुपियाँ अक्षय कोष स्थापना गरिदिनुभएको हो ।
गण्डकी प्रदेशभरिका १८ वटा निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला सांसद बन्नुभएको छ ।
बर्दियाको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीधर पोखरेलले निर्वाचनका क्रममा सार्वजनिक गरिएको वाचापत्र अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पश्चिम बागलुङका दुई पालिका आठ विद्यालयमा ४० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । गलकोट समाज जापानले आठ विद्यालयमा पाँच/पाँच लाख रुपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।
पछिल्लो समय नेकपा (एमाले) र नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले मतदाताको मन जितेपछि उहाँको संसदीय यात्रा सुरु भएको छ । भण्डारीले २२ हजार १३४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाउनुभयो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार ल्याउन ‘पालिका–समुदाय साझेदारी कार्यक्रम’अन्तर्गत विशेष तयारी कक्षा तथा छात्रावास सञ्चालनमा ल्याएको छ ।
समयलाई परिभाषित गर्न त्यति सजिलो छैन किनकि यो महसुस गर्ने विषय हो । भौतिक शास्त्रमा यो एउटा आयाम हो । न्युटनका अनुसार समय एब्सोलुट हुन्छ र सबै स्थानमा एकनाससँग प्रवाहित हुन्छ । आइन्स्टाइनले समय सापेक्षित भएकाले गति र गुरुत्व बलमा निर्भर हुन्छ भनेका छन् । स्टेफेन हकिन्सनका अनुसार स्पेस जस्तै समय पनि एउटा डाइमेन्सन हो, जहाँ घटनाहरूलाई क्रमबद्ध गरिन्छ ।