रौतहटको माधवनारायण नगरपालिका–४, बिशुनपुर्वा टोलका रुबिना यादव झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । जिल्लाकोे भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाई साथीसँग मङ्गलबार दिउँसो महाकाली नदीमा पौडीन गएका बेला बेपत्ता भएका थिए ।
बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने धरधपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।
बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।
मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना दुई हजारको दरले जिवन निर्वाह बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।
नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्त कुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।
मुस्ताङको थासाङ गाउँपालिकामा पाइएको लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत भएको चिरकालिज चोरीशिकार, आहारा, डढेलोले बासस्थानमा परेको जोखिमका कारण जोगाउनै मुस्किल परेको छ ।
हनुमानढोका दरबार क्षेत्र घुक्न आउनेका लागि त्यहाँका विभिन्न मठमन्दिरसँगै त्यसमा सजिएका काष्ठकला अद्भूत लाग्ने गर्छन् । प्रायः ले ती कला निकैबेर नियालेर हेर्ने र आनन्द लिने गर्छन् ।
सरकारले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा स्याङ्जामा छ हजारभन्दा धेरै मतदाता थपिएका छन् । यही असोज २८ देखि मङ्सिर ५ सम्म परिचयपत्रमार्फत छ हजार ३८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधिमा जिल्लामा आठ हजार २२५ मतदाता थपिएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यम
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु गरिएका धेरै बहुवर्षीय आयोजना दोस्रो कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा पनि अलपत्र, अधुरा वा सञ्चालनविहीन अवस्थामा पुगेका छन् । सडक, भवन, कृषि तथा पशुपन्छी विकासजस्ता क्षेत्रमा सरकारले ठुलो लगानी गरे पनि धेरै आयोजना भौतिक रूपमा अपूर्ण र सञ्चालन मोडालिटीविहीन देखिएका छन् ।
दाङको लमहीमा निर्माण हुन थालेको सभा हल अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामो सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणमा पुगेको हो । करिव पाँच सय जना मानिस अट्ने सुविधासम्पन्न सभा हल तीन वर्षअघि निर्माण सुरु भएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।