पाल्पामा जनकपुरधामपछि नेपालमै पहिलो पटक राम–सीता विवाह उत्सव मनाइएको छ । रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न ऐतिहासिक धार्मिक स्थल सीताकुण्डमा उत्सव मनाएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को चावाचा क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणविहीन बनेको छ । वराहक्षेत्र–१ को जलकन्या सामुदायिक वन क्षेत्रमा रहेको दरबारको भग्नावशेषको संरक्षण
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी हटाउन पत्राचार गरे पनि कञ्चनपुरका पालिकाले आनाकानी गरिरहेका छन् । कुनै एक पालिकाले निर्णय गरे सोही निर्णयबमोजिम अगाडि बढ्ने तयारी थालेका यहाँका पालिकाहरू अहिले विभिन्न कारण देखाउँदै करार कर्मचारीको करार सम्झौता रद्द गर्न सकेका छैनन् । नौ पालिका रहेका जिल्लामा हाल एक हजार छ कर्मचारी करारमा कार्यरत छन् ।
विशेष गरी थारू समुदायमा लाग्ने सिकलसेल एनिमियाका बिरामीले अब आफ्ना लागि औषधी लिन अर्को प्रदेश जानुपर्ने बाध्यता हट्न लागेको छ । सिकलसेलका बिरामीले कर्णाली प्रदेश सभाका सदस्यलाई आफूहरूले खाने औषधी लिन र स्वास्थ्य परीक्षण गर्न लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता रहेको गुनासो गरेपछि प्रदेश सरकारले औषधी लिन अर्को प्रदेश जानुपर्ने बाध्यता हटाउन लागेको हो ।
जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो ।
राजविराजस्थित कारागारमा भगवान राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधी गरी विवाह पञ्चमी मनाइएको छ ।
राणा शासनको सय वर्षभन्दा बढी नेपाली समाजले शिक्षामा पहुँच पाउन सकेन । शिक्षा सीमित राणा र दरबारिया सम्भ्रान्तका निम्ति मात्र थियो । विश्व शिक्षा, चेतना, भौतिक तथा आर्थिक विकासमा अगाडि पुगे पनि नेपाल भने अन्धकारमै रह्यो ।
पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ ।
सन् नब्बेको दशकबाट शासकीय सुधार रणनीतिको प्रमुख भाग सार्वजनिक वित्तीय व्यवस्थापन सुधार बनेको छ, जसले सबै प्रकारका सरकारी प्राप्ति (आय), विनियोजन, आयोजना व्यवस्थापन, खर्च क्रिया
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
विकास आयोजना विशिष्ट प्रकृतिको नतिजा हासिल गर्न विकासको निश्चित कार्य अन्तर्गतका योजनाबद्ध क्रियाकलापको समष्टि हो । आयोजना व्यवस्थापन प्रणाली सफल र प्रभावकारी बन्नसके मात्रै विकासले फड्को मार्न सक्छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर २४) सम्म चल्नेछ ।