स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका जिल्लामै पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१–०८२ को अन्तिम नतिजाअनुसार सिमकोट गाउँपालिका जिल्लाका सात स्थानीय तहमध्ये पहिलो स्थानमा परेको हो।
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
दैलेख जिल्लाको नारायण नगरपालिका–१, पुरानो बजारमा कोतगढी छ । यो गढी नेपाल एकीकरणताका विसं १८४६ कात्तिकमा दैलेख नेपालमा विलय भएपछि राजा रणबहादुर शाहको राज्यकाल र बहादुर शाहको नायबीकालमा त्यसबेला सरदार रहेका अमरसिंह थापा (पछि बडाकाजी) को निर्देशन, रेखदेख र सक्रियतामा नेपाली फौजले निर्माण गरेको थियो । आधुनिक नेपाल एकीकरणअघि हाल दैलेखमा पर्ने भूभाग दुल्लु र विलासपुर राज्यमा पर्थे ।
जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सम्पन्न गरेको छ।
“हजुर यो गरिबलाई दुईचार रुपियाँ दिनुहोस् न ? तपाईंको जय हुने छ ।” व्यस्त सडकको किनारामा बसेको भिखारीले दुई हात फिँजायो । “क्या बिहानै बिच्छुक लाग्यो । कहाँ, केको लागि हिँडेको, कस्तो साइत नपर्ने भयो,” नजिकै हिँडेको मानिसले झर्केर भन्यो । उसको जवाफ नसकिँदै अर्कोले थप्यो, “त्यही त भन्या, यो सहरमा माग्नेको सङ्ख्या पनि कति बढेको ?” “हैन, यो सहरमा यही क्रममा माग्नेको सङ्ख्या
तनहुँको भिमाद नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको भिमाद–मसारडाँडा सडक खण्ड कालोपत्रे गर्ने कार्यले तीव्रता पाएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ ।
‘आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित तेस्रो लालबन्दी महोत्सव चैत ४ गतेदेखि सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ ।
‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ (२०८१ सातौँ संस्करण) पढेर भर्खरै सकेँ । यो किताब अनुसन्धान, आविष्कार र नवप्रवर्तनका अभियन्ता सच्चा राष्ट्रभक्त एवं सङ्घर्षशील जीवनका जीवित प्रतिमूर्ति महावीर पुनको आत्मकथा हो ।
पश्चिम नवलपरासी जिल्लामा लामो समयदेखि देखिँदै आएको रासायनिक मलखाद्यको समस्या समाधानका लागि विशेष तत्परता देखाइएको छ।
जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन् र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन् यो मेरो देश हो । जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ
प्रकाशयुक्त नवीन किरणको खोजीमा आफूसँग चारैतिर भौँतारियो डरलाग्दो काँडालाई भाँचेर, वर्तमानमा रमाउन उत्कण्ठित पारेर
सामाजिक अभियन्ताको परिचय बनाएका भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्दै स्थापित दललाई पछि पारेर निर्वाचित हुनुभयो । सिन्धुपाल्चोकका पहाडी बस्तीमा
हामी ‘डिजिटल सुरुङ’ तर्फको यात्रामा छौँ । जहाँ मानव चेतना ‘एल्गोरिदम’ को घेरा र ‘बाइनरी’ का भित्तामा ठोक्किएर आएको आफ्नै प्रतिध्वनि सुन्ने प्रयास गरिरहेछ । आजको युगबारे प्रश्न मनमा खेलाउँदा उत्तरको ताँती लागेर आउँछ । त्यो ताँतीको एक शृङ्खला बन्छ, अग्लोहोचोको हिमशृङ्खला जस्तै । डिजिटल युग, बाइनरी युग, प्रविधिको युग । सूचना सञ्चारको पराकाष्ठा । ए
बागमती प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकभित्रका १३ वटा स्थानीय तहमा रहेका ७२ वटा विद्यालयमा पूर्वाधार निर्माणका काम गरिने भएको छ । पूर्वाधार अन्तर्गत घेरबार,