गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ द्वारा ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०८१’ ब्रम्हदेव महतो र राजेन्द्रप्रसाद उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ। गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ का अध्यक्ष सचु सेनका अनुसार गोरखापत्र प्रकाशनको एक सय २५ औँ वार्षिकोत्सव एवम् संस्थानको ६३ औँ वर्ष प्रवेशको अवसरमा सो पुरस्कार महतो र उपाध्यायलाई दिने निर्णय गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन सोमबार बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ द्वारा ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ सहायक फोटो पत्रकार शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशीलाई प्रदान गर्ने निर्णय गरिएको छ।
लामो समयदेखि घाउ भई घाइते तथा असक्त अवस्थामा रहेको गैँडाको उपचार गरिएको छ । आइतबार चितवन राष्ट्रिय निकुञ्जको पशु विज्ञ डाक्टरसहितको टोली, प्रशासन, नेपाली सेना र शिसवार मध्यवर्ती उपभोक्ता समितिको संयुक्त टोलीको रोहबरमा उक्त घाइते गैंडाकोे उपचार गरिएको हो ।
बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर विदा दिने निर्णय भएको हो ।
कोहलपुर नगरपालिका –११ दश विघास्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहरको फूल । मनमोहक रुपमा रातै फुलेको गुलमोहर फूलले सहरको सौन्दर्य बढाएको छ ।
तिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राख्नुभएको छ।
बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार नौ महिनामा १९ सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग गम्भीर छलफल गर्नुभएको छ।
बर्दियामा २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नलगाड नगरपालिका–७ जाजरकोट बस्ने ३७ वर्षिय भक्तबहादुर शाही र राप्ती नगरपालिका –११ आरापानी चितवन बस्ने २७ वर्षिय कुमार वाईबा रहेका छन् ।
प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले मिश्रित प्रतिक्रिया जनाउनुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिनुभयो।
प्रहरीले क्रोएसिया पठाउने भनी तीन लाख ७५ हजार ठगी गर्ने ३७ वर्षीय राजिन स्याङ्तानलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार स्याङ्तानले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भनी लामो समय झुक्यानमा राखी सम्पर्कबिहीर भएका थिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पछिल्लो समय देशमा राजावादीले गरेको आन्दोलनले उपलब्धी नदिने बताउनुभएको छ। सोमबार गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान संविधानले सबैको अधिकार समावेश गरेको भन्दै अब राजावदीको आन्दोलनले नेपाली जनतालाई उपलब्धी नदिने बताउनुभयो।