• २३ वैशाख २०८२, मङ्गलबार

बागमतीमा सार्वजनिक विदा

blog

स्मिता अर्जेल

मकवानपुरगढी, वैशाख २२ गते । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर विदा दिने निर्णय भएको हो । 

बागमती प्रदेश राजपत्रको खण्ड (८) संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ गते प्रकाशित सूचना बमोजिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ । 

बागमतीमा गत वर्ष वैशाख २४ देखि सरकारी कामकाजको भाषाको सुभारम्भ भएपश्चात हरेक वर्ष सो दिनमा सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको थियो ।