सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित बनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साहको वातावरण सिर्जना गरेको हो ।
बिरामी हुँदा अन्यत्रै जानुपर्ने बाध्यता हट्दा अस्पतालप्रति जनविश्वास बढ्दै गएको छ । आधारभूत अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि नागरिकले समयमै उपचार पाएका छन् भने यसअघि ठुला अस्पतालमा धाउँदा हुने आर्थिक क्षति कम भएको छ ।
वैदेशिक सहायता परिचालनमा अनेकौं समस्या देखिएका छन् । सरकारले वैदेशिक सहायतालाई पनि एक महत्त्वपूर्ण अधार बनाउँदै बजेट बनाउने गरे पनि त्यस्तो सहायता परिचालनमा अनेकौ समस्या रहेको सरकारले नै प्रष्ट पारेको छ ।
मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकादेखि सुर्खेत हुँदै नेपालगन्जसम्मको भाडा घटेको छ । सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर घटेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्दै श्रमिकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताउनुभएको छ ।
धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मनमोहक र सुन्दर रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी थालिएको छ ।
किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबिचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा हुनुहुन्छ ।
निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको भवन शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका ४ स्थित तमू फर्निचर अगाडि रहेको झण्डै साढे ७ आना जग्गामा भवन निर्माण हुनेगरि शिलान्यास गरिएको हो ।
दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ ।