मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवमा गोरखापत्रको प्रधान कार्यालय धर्मपथ परिसरमा सरसफाइ गरिएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्दार सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागु औषध तस्करीविरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गर्नुभएको छ ।
भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ ।
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५, जिल्ला समन्वय समिति परिसरमा गुलमोहरको फूल ढकमक्क फूलेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारतको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किने कार्यक्रम छ ।
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो ।
थारू समुदायको हस्तकला अहिले सङ्कटमा परेको छ । कुनै बेला हस्तकलाको धनि समुदायको रूपमा चिनिएका थारू समुदाय अहिले भने हस्तकला सङ्कटमा परेको हो ।
मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट खसेर मृत्यु भएका युवाको उद्धारमा खटिएको सुरक्षा टोली शव निकाल्न नसकेपछि रित्तै फर्किएको छ ।
कैलालीको धनगढीम ४२ जनालाई बाख्रा वितरण गरिएको छ । राष्ट्रपति उत्थान कार्यक्रम तथा धनगढी उप–महानगरपालिकाको सहकार्यमा बाख्रा वितरण गरिएको हो ।
सूर्योदय नगरपालिका वडा नं.४ अन्तु र वडा नं.५ समालबुङमा २६ करोड रुपियाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार एक विशेष समारोहकाबिच खानेपानी मन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गर्नुभएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।