सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
अमरराज नहर्कीतनहुँ, वैशाख २२ गते । तनहुँको भीमाद नगरपालिकाले वडा नम्बर–६ को भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णदेव श्रेष्ठलाई बर्खास्त गरेको छ । बालमैत्री वातावरणमा पठन पाठन गर्न नसकेकोले बर्खास्त गरिएको नगरपालिकाले जनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने तीन बालकलाई करिब तीन महिना अघि शिक्षिकाले पन्यूले डामेपछि गठित छानबिन समितिको सिफारिसको आधारमा प्रिन्सिपललाई हालै हटाइएको भिमाद नगरपालिकाका प्रमुख दधिराध सुवेदीले जानकारी दिनुभयो । यातना दिने शिक्षिकाको तनहुँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकोले उनीहरूको बारेमा निर्णय नगरिएको सुवेदीले बताउनुभयो । नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘बालमैत्री वातावरण बनाउन प्रिन्सिपलले नसकेकोले शिक्षकबाट विद्यार्थीले यातना पाएको छानबिन समितिले जनाएकोले कारबाही गरेका हौँ ।’ विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न नगरपालिकाद्धारा उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधी सहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई पन्यूले डामेपछि सख्त घाइते भएका थिए । माघ २९ गते तातो पन्युले डामे पछि तीनै जना घाइते हुनु भएको थियो । सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेको थियो । यातना दिने शिक्षिका श्रेष्ठ धरौटीमा रिहा हुनु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार शिक्षिका श्रेष्ठ एक लाख २० हजार रुपियाँ धरौटीमा रिहा हुनु भएको हो । पन्यु तताउन सहयोग गर्ने सोही विद्यालयमा कार्यरत कमला राना ६० हजार धरौटीमा बिहीबार रिहा हुनु भएको छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै शिक्षिका श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत तीन बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटनामा कक्षा ४ मा पढ्ने प्रमिस परियार लगायत तीन जना घाइते भएका थिए । बालकका हजुर बुबा अर्पान सिर्जन घलेले घाइते बच्चाहरूको फोटो सार्वजनिक गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्नुभएको थियो । सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो ।
जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
राधा लुइँटेलफिदिम, वैशाख २२ गते । पाँचथरको याङवरक गाउँपालिका–४ को थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको नियमित परीक्षा दिइरहेका एक परीक्षार्थी कारबाहीमा परेका छन् ।उनले प्रश्न पत्रको गोपनीयता भङ्ग गरेकाले पक्राउ गरी कार्वाहि प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आइतबार सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको नियमित परीक्षा सञ्चालनको क्रममा मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएको पाइएपछि श्रीजंग मावि गोपेटारबाट परीक्षामा सहभागी छात्र निशेक काम्वाङलाई कारवाही गर्न केन्द्राध्यक्षको निवेदन आएसँगै छात्र पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका परीक्षार्थीबाट मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले परीक्षाको मर्यादा र गोपनीयतालाई भङ्ग गर्ने कार्यलाई गम्भीर रूपमा लिइएको जनाउँदै दोषी उपर कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।
ठेक्का लिएको कम्पनीले समयमा काम नगर्दा टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन निरन्तर कटान भइरहेको छ ।
निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् ।
पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ ।
यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।
यहाँको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो ।
कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन ।
ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
वन्यजन्तुका लागि तनहुँमा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुझाव दिनुभएको छ ।