म्याग्दी, वैशाख २२ गते । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । गत असार महिनामा रु. एघार करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलब पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको रेशमबहादुुर जुग्जालीले बताउनभयो । जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु. चार करोड बजेट विनियोजन गरेर बहुुवर्षीय ठेक्का लगाउन रु. २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु. एक करोड ५० लाख मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिनुभयो । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।
कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण गरिएको छ ।
आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजना र श्री रिद्धिसिद्धि ज्वेलर्सको प्रायोजनमा काठमाडौँमा आयोजित ‘ड्रेस टु इम्प्रेस’ मा चार जनाले विभिन्न विधामा तयार गरेको पहिरन उत्कृष्ट बनेको छ ।
कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले ४० उद्यमीलाई उत्कृष्ट सम्मान प्रदान गरेको छ ।
नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको २ वर्ष बित्दा पनि सेवा भने अन्योल देखिएको छ ।
रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ ।
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उहाँहरूलाई आइतबार नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रस्ट पार्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले बैतडीको झुलाघाटबाट जेठ २ गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको हो ।
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा पौडेललाई दोषी ठहर गरेको हो ।
तीन वर्ष वैदेशिक रोजगारी गरेर फर्किनुभएका शिवचन्द्र मण्डल आफैँ साहु र चालक बन्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ ।