जलवायु परिवर्तनले ल्याएका असर अहिलेको विश्वका सबैभन्दा जटिल समस्या भएका छन् । बेमौसमी वर्षा, बाढी, पहिरो, डुबान, खडेरी, मरुभूमीकरणले मानव जीवनसँगै पर्या तथा जलचक्रलाई प्रतिकूल प्रभाव पारिरहेको छ । हिमालका हिउँ पग्लिँदै जाँदा पानीको स्रोत जोखिमतिर गइरहेको छ ।
नेपालमा सूचनाको अधिकारको संवैधानिक प्रत्याभूति गरिएको ३५ वर्ष बित्यो ।
भारत नियन्त्रित कश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले भारत र पाकिस्तानबिच अप्रिय तनावको स्थिति उत्पन्न गरेको छ ।
काठमाडौँ, वैशाख २२ गते । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।
प्रतिनिधित्वबिना कर लगाउन पाइँदैन भन्ने मान्यता पश्चिमा अवधारणा हो ।
इस्मा गाउँपालिका–४ कोटकोटरी पुतली बजारका ४१ वर्षीय बल बहादुर दर्जीको आधा शरीर जलेर बेहाल छ । २०४३ सालमा घरमा आगो लागेपछि बल बहादुर उम्कनै पाउनु भएन ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा ‘संस्थागत एवं सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता ल्याइने छ’ भन्ने कुरा उल्लेख भएपछि नेपालमा विद्यालय तहको पाठ्यक्रमको कार्यान्वयनको विषयलाई लिएर बहस उत्पन्न भएको छ ।
गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका – १० छेपेटारका ६० वर्षीय लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिनुभयो ।
नौरते नेपालीजुम्ला, वैशाख २२ गते । गुठिचौर गाउँपालिका वडा नम्बर १ का पाँच वटा बस्तीका स्थानीय बिजुली विहीन भएका छन् । नापानीमा रहेको अदालिखोला लघु जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुली विहीन भएका हुन् । वडा नम्बर १ मा पर्ने नापानी, गढिगाऊँ, मणि साँघु, डिल्ली कोट र मनि गाउँका ४ सय ८० घरधरीका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गएको फाल्गुन महिनाबाट ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा पाँच वटा बस्तीका नागरिक अन्धकारमा बस्नु परेको स्थानीय तथा खड्कदेवि मावि मणि साँघुका अध्यक्ष परेक ऐडिले बताउनु भयो । उहाँका अनुसार, गाउँमा बिजुली विहीन भएको जानकारी गराउनु भयो । गाउँमा बिजुली नहुँदा सर्वसाधारणको दैनिकी मात्रै असहज भएको छैन उहाँले भन्नुभयो, “बालबालिकाको पठनपाठन पनि प्रभावित बनेको छ” । गाउँका स्थानीय दियालो र टुकीको भरमा गुजारा गरि रहेको ऐडिको भनाइ छ । छिमेकी गाउँ चोत्रा विजुलीले उज्यालो हुँदा वडा नम्बर १ भित्रकै अन्य गाउँ अन्धकारमय रहेको उहाँको भनाइ छ । गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न सोलार भएको ठाउँमा धाउनु पर्ने अवस्था रहेको उहाँले बताउनु भयो । स्थानीय नागरिक बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य भएको अर्का स्थानीय गणेश ऐडिको भनाइ छ । गाउँमा आयस्रोत राम्रो हुनेले सोलार प्यानल जडान गरे पनि धेरैजसो टुकीकै भरमा रहेको उहाँले जानकारी गराउनु भयो । यता अदालिखोला लघु जलविद्युत आयोजनाका सचिव काली प्रसाद बस्नेतले बिग्रेको जेनरेटर र ट्रान्समिटर आर्थिक अभावले मर्मत हुन नसकेको बताउनु भयो । २०७५ सालमा निर्माण भएको जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटर गत फाल्गुन महिनामा बिग्रेको उहाँको भनाइ छ । लघु जलविद्युत अवरुद्ध हुँदा पाँच गाउँका स्थानीय अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनु भयो । बिजुलीबाट सङ्कलन भएको महसुलले २ जना अर्पेटर र लेखापालको सेवा सुविधामा खर्च हुने गरेको बस्नेतले बताउनु भयो । स्थानीय सरकारले जेनरेटर र ट्रान्समिटर मर्मत गर्ने आश्वासन दिए पनि पुरा नभएको उहाँको भनाइ छ । जेनरेटर मर्मत गर्न करिब ७ लाख भन्दा बढी रकम लाग्ने सचिव बस्नेतले बताउनु भयो । यता वडाध्यक्ष अर्जुनकुमार महताराले लघु जलविद्युत निर्माणका लागि स्थानीय सरकारले ३ लाख विनियोजन गरेको बताउनु भयो । साढे २ लाख खर्च भई सकेको उहाँको भनाइ छ । यस्तै नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको वडाध्यक्ष महताराले बताउनु भयो । उक्त जलविद्युत मर्मतका लागि विनियोजन गरिएको ७ लाख मध्ये अहिले स्थानीय सरकारले रकम घटाएर ३ लाखमा झारेको वडाध्यक्ष महताराको भनाइ छ ।
वीरगन्जका प्राचीन कला र संस्कृति जोगाउन वीरगन्ज महानगर–१६, नगवामा घोडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबिच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।
म्याग्दी, वैशाख २२ गते । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । गत असार महिनामा रु. एघार करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलब पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको रेशमबहादुुर जुग्जालीले बताउनभयो । जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु. चार करोड बजेट विनियोजन गरेर बहुुवर्षीय ठेक्का लगाउन रु. २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु. एक करोड ५० लाख मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिनुभयो । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।
कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण गरिएको छ ।
आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजना र श्री रिद्धिसिद्धि ज्वेलर्सको प्रायोजनमा काठमाडौँमा आयोजित ‘ड्रेस टु इम्प्रेस’ मा चार जनाले विभिन्न विधामा तयार गरेको पहिरन उत्कृष्ट बनेको छ ।
कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले ४० उद्यमीलाई उत्कृष्ट सम्मान प्रदान गरेको छ ।