गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २२ गते । आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजना र श्री रिद्धिसिद्धि ज्वेलर्सको प्रायोजनमा काठमाडौँमा आयोजित ‘ड्रेस टु इम्प्रेस’ मा चार जनाले विभिन्न विधामा तयार गरेको पहिरन उत्कृष्ट बनेको छ ।
प्रतियोगितामा रोजिना भण्डारी, साहिलजङ्ग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचामगरले तयार गरेको पहिरन उत्कृष्ट भएको हो । रोजिना भिन्टेज ग्ल्यामर, साहिलजङ्ग पप आर्ट एन्ड इलेक्ट्रिक इलिमेन्ट्स, ललिता दी आए एन्ड दी आर्टिस्ट र करिश्मा प्री सिकर्स विधातर्फ सर्वोत्कृष्ट हुनुभयो । प्रतियोगितामा डिजाइनर समा राईले लाइक्ड लिजेन्ड, सरिता थापामगरले स्ट्रोम्स सर्ड र प्रजिना तुलाधरले पब्लिक च्वाइस अवार्ड जित्न सफल हुनुभयो ।