र्षाका कारण सल्यानमा निर्माणाधीन घर भत्किएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ५ जुमखोला हिले निवासी हिमलाल सुनारको घर आइतबार रातिको असिना पानीका कारण भत्किएको हो ।
सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक पाउनै मुस्किल परेको छ । दक्ष जनशक्ति नहुँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियु र भेन्टिलेटर छ वर्षदेखि थन्काएर राख्नुपरेको उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले गुनासो गर्नुभयो ।
सोमबार दिउँसो अचानक आएको हावाहुरीसहितको वर्षातमा परी फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको कालिका गण कास्कीबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।
राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलनमार्फत नेपालको मृत्यु स्थितिबारे जानकारी गराएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गर्नुभएको छ । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।
च्यासल मैदानमा आर्मीले फाइनल सरह लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले हरायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन दिएको बताउनुभएको छ । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।
अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा वृद्धि भई १८ हजार क्षेत्रफलमा चैते धान रोपाई भएको हो ।
नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।
चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरु गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
कपिलवस्तु प्रहरीले २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. ०६ निवासी ६१ वर्षीय सुकई पासी रहेका छन् ।
जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।