नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको अन्डा सङ्कलन कार्य सकिएको छ । चालिस दिनभन्दा धेरै समय लगाएर घडियाल गोहीको अन्डा राप्ती नदीबाट सङ्कलन गरिएको हो । निकुञ्जको कसरा क्षेत्रमा गोहीको प्रजनन केन्द्र स्थापना गरि
मकवानपुरको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङस्थित तालमा पर्यटकले डुङ्गा सयरको मज्जा लिन पाउने भएका छन् । स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा जिल्ला
पदमार्गका आधारित पर्यटन विकास आयोजना अन्तर्गत छिन्नमस्ता मन्दिरलाई सुरुवातीविन्दुु मानेर पदमार्गको शिलान्यास गरिएको छ । दिगो पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा आर्थिक विकास गर्न पदमार्गको शिलान्यास गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
हिमाली क्षेत्रबाट चरनका लागि पहाडमा झारिएका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुरमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
प्रवीणकुमार शर्मा रौतहट, वैशाख २३ गते मधेस प्रदेश सरकारले माटोमा लगाएको कर फिर्ता लिन गौर नगरपालिका कार्यालयले माग गरेको छ । मधेस प्रदेश सरकारको आर्थिक ऐन अनुसार नदी क्षेत्रबाट माटो उत्खनन गर्दा कर लिई ढुवानी गर्न पाउने व्यवस्था भएको प्रति गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै कर नलाग्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो ।नगरपालिकाको पश्चिमपट्टि रहेको लाल बकैया नदीमा बर्सेनि चुरेबाट बालुवा, ढुङ्गा तथा माटो बगेर आउँदा बेड लेभल बढ्ने जस कारण नदीले पानी सञ्चय गर्न नसक्ने अवस्था भई सामान्य वर्षा हुँदासमेत आउने बाढीको पानी बस्तीमा पसेर धनजनको ठुलो क्षति हुने गर्दा नदीको बेड लेभल बर्सेनि खन्नु पर्ने अवस्था रहेको नगर प्रमुख साहले मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेख्नुभएको पत्रमा उल्लेख गरिएको छ ।पत्रमा भनिएको छ , “ उक्त क्षेत्रको माटो वर्षा देखि स्थानीयले सार्वजनिक निर्माण कार्य तथा व्यक्तिगत प्रयोजनको लागि कुनै किसिमको कर नतिरी ढुवानी गर्दै आइरहेकोले हाल आएर लगाइएको करको स्थानीयले व्यापक रूपमा विरोध गरिरहेको कारण स्थानीयको मागलाई सम्बोधन गर्दै कर नलाग्ने व्यवस्था मिलाइदिन हुन अनुरोध छ” ।नगरप्रमुख साहका अनुसार माटो ढुवानीमा सङ्कलन हुने राजस्वभन्दा सङ्कलन गर्ने कर्मचारीमा बढी खर्च हुने भएकोले यो व्यावहारिक नभएको बताउनुभएको छ ।स्वीकृत खानी क्षेत्र बाहेक माटो बिक्री एवम् घाटगद्दी बापत प्रति क्यु मिटर ७५ रुपियाँदेखि १२५ रुपियाँसम्म कर लिने भनी २०८१ असार ३१ गते मधेस प्रदेश सरकारको राजपत्रमा प्रकाशन भए बमोजिम रौतहटका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पालिका प्रमुख एवम् सरकारी निकाय प्रमुखहरूको बैठकले माटो ढुवानीमा कर सङ्कलन गर्ने निर्णय गरेको थियो ।यसअघि जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले समेत नदी क्षेत्रमा थुप्रिएको माटो निकाल्न प्रचलित कानुन अनुसारको नक्साङ्कन गरी स्थानीय तहले आवश्यक राजस्व सङ्कलन गरी बिपदजन्य घटनालाई लक्षित गरी माटोको व्यवस्थापन गर्ने व्यवस्था मिलाउने र सोको लागि जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा नक्साङ्कन कानुनबमोजिम कार्य भए नभएको अनुगमनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त हुनुहुन्छ ।
पर्वतको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाले औषधि खरिदको प्रक्रिया हालसम्म पनि सुरु नगर्दा नगर भित्र रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुन थालेको छ ।
सम्झौता भएको साँढे सात वर्षापछि कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणका धेरै समय लगाएको हो ।
भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ ।
चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षमा १६ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास लगायतका पालिकामा बढी प्रभावित छन् ।
आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्ने छ ।