पर्वतको मोदीवेणीमा जलयात्रा गर्दै गरेका पर्यटक । गर्मी मौसम सुरु भएसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालन भएको छ । चिसोका कारण मङ्सिरदेखि बन्द भएको जलयात्रा चैतको दोस्रो सातादेखि संचालनमा आएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक कुखुरा बोकेका बोलेरो पिकअप गाडी दुर्घटना भएको छ ।
सुस्तास्थित नारायणी नदीमा, जोखिमको आँकलननै नगरी नदीजन्य पदार्थको धमाधम उत्खनन भइरहेको छ । नेपाल र भारतसँग सम्बन्धित गण्डक बाँधअन्तर्गत पर्ने नारायणी नदीमा अहिले एक्साभेटर मेसिन प्रयोग गरेर उत्खनन् भइरहेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेको बताउँदै सरोकारवालाबाट राय सुझाव माग गरेको हो। गाउँपालिकाका अध्यक्ष युवराज केसीका अनुसार सुशासनयुक्त र समृद्ध चन्द्रकोट गाउँपालिका निर्माण गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणलाई व्यवस्थित गराउनका लागि नीति तथा कार्यक्रममा समेटिनु पर्ने विषयको राय सुझाव दिनका लागि आग्रह गरिएको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताउनुभएको छ ।
ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ ।
जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्र पारिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रका दुई सय रोपनी क्षेत्रफल सिँचाइका लागि सहज हुने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।
वैशाख २ गते मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेलले नारायणी नदीमा पौडी खेल्ने क्रमममा डुबेर ज्यान गुमाए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ ।