राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै, विविध कठिनाइसँग पौँठेजोरी खेल्दै गोरखापत्र राष्ट्रिय दैनिक आमनागरिकको सुसूचित हुने मा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
काठमाडौँ, वैशाख २४ गते । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत र संरचनागन सुधार जरुरी रहेको आवश्यकता यस क्षेत्रका विज्ञहरुले औँल्याउनुभएको छ । व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवर्द्धन र प्रोत्साहनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उहाँहरुको जोड छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा रासससँग कुराकानी गर्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दर अर्यालले पत्रकारको पेशागत सुरक्षाका लागि लोकतन्त्र बलियो र सुदृढ हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको पेशागत सुरक्षा लोकतान्त्रिकरण हो, लोकतन्त्र बलियो भयो भनेमात्रै पत्रकारिता सुरक्षित र जिम्मेवार हुन्छ ।”समाजमा जुनसुकैपक्षबाट गरिने दबाब र विरोध प्रदर्शनमा कार्यक्षेत्रमा खटिएका पत्रकार निशामामा पर्ने गरेका छन् । पछिल्ला घटनाक्रम र कार्यक्षेत्रमा भएका पत्रकारमाथिका विभिन्न घटनाले त्यसलाई चित्रित गर्छ । त्यसैले देश, समाज र जनताप्रति उत्तरदायी मर्यादित र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषित गर्ने पत्रकारको पेशागत सुरक्षाका साथै उनीहरुको श्रमको कदर गर्ने परिपाटीको विकास खड्किएको छ ।राष्ट्रिय पत्रकारिता दिवस, विश्व प्रेस स्वतन्त्रता दिवस आदि मनाइरहँदा केवल औपचारिकतामा मात्रै सीमित हुने र पत्रकारको पेशागत सुरक्षा र श्रमजीवीको तलब सुविधाको सुनिश्चितातर्फ पनि सबै सरोकारपक्ष जिम्मेवार बन्न जरुरी रहेकामा विज्ञहरु एकमत देखिन्छन् ।वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपालमा पत्रकारहरुको पेशागत सुरक्षाको चुनौती बढेको बताउनुहुन्छ । “अझै पनि पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था गम्भीर रुपमा छ”, उहाँले भन्नुभयो, “हामीले पत्रकारका लागि सुरक्षित वातावरणको सुनिश्चित गर्न सकेका छैनौँ । विभिन्न किसिमको भौतिक असुरक्षा र डिजिटल प्रविधिमार्फत पनि पत्रकार असुरक्षित हुने अवस्था रहेको छ ।”वरिष्ठ पत्रकार दाहालले पत्रकारको पेशागत सुरक्षा, भौतिक र डिजिटल सुरक्षाका लागि बहुसरोकारवाला राष्ट्रिय संयन्त्र र राष्ट्रिय कार्ययोजन जरुरी रहेको खाँचो औँल्याउनुभयो ।नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पनि पछिल्लो समय पत्रकारको पेशागत र भौतिक सुरक्षा निकै चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारमाथि कार्यक्षेत्रमै आक्रमण हुने, ज्यान गुमानुपर्ने अवस्था छ । राज्य र गैरराज्यबाट विभिन्न धम्कीलगायत विभिन्न अवरोधहरु झेल्नुपर्ने अवस्था छ । त्यसैगरी पत्रकारहरुको श्रमको मुद्दा झनै पेचिलो बनिरहेको छ । श्रमजीवीले समयमै तलब सुविधा पाउन सकेका छैनन् ।”महासचिव दाहालले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चिताका लागि राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाटथ सामाजिक, आर्थिक विकासमा योगदान गर्ने व्यक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन र नयाँ पुस्तालाई यस पेशाप्रति आकर्षित गर्न दिवसका अवसरमा सरकारले हरेक वर्ष सम्मान र पुरस्कारको व्यवस्था गरेको जानकारी दिनुभयो ।नेपालमा गोरखापत्र पत्रिका र प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको छ । यस वर्ष ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।गोरखापत्रले नेपालको गरिमा बढाएको छपत्रकारिता केन्द्रीय विभाग प्रमुख डा अर्यालले गोरखापत्र सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको र संस्था स्थापनाको १२५औ वर्षले नेपालको गरिमालाई बढाएको बताउनुभयो । “संसारमै १२५ वर्षसम्म निरन्तर प्रकाशित हुने पत्रपत्रिकाहरु निकै कम छन् त्यसमाथि नेपालजस्तो मुलुकमा यति पुराना पत्रिकाहरु बिरलै हुन्छन् । गोरखापत्रले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ, जुन एउटा गौरवको विषय हो”, उहाँले भन्नुभयो ।गोरखापत्र प्रकाशन सुरु भएको बेलाको प्रविधि, सञ्चारको साधन र अहिले धेरै फरक भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउदै गर्दा पत्रपत्रिका भनेको कागजमा छापिने कुराहरु भनेर हामीले गोरखापत्रलाई सम्झिन्छौ । तर, अहिलेसम्म आइपुग्दा पत्रकारिताको शब्द विस्तार भइसकेको छ । डा अर्यालले भन्नुभयो, “जतिबेला गोरखापत्र सुरु भएको थियो त्यो बेलामा रेडियो र टेलिभिजन पनि थिए । अहिले हामी मिडिया कन्भरजेन्स र टेक्नोलोजी कन्भरजेन्स’को युगमा आइसकेका छाँै, त्यसैले अब पत्रकारिताको नयाँ ढङ्गले परिभाषित भइसकेको अवस्था छ ।”डा अर्यालले शक्तिमा रहनेलाई निगरानी गर्न, समाजलाई एकीकृत गर्न र जनतलाई सुसूचित गर्न पत्रकारिता पेशा र व्यवसाय निरन्तर रहिरहनुपर्ने धारणा राख्नुभयो । पत्रकारिताका सामग्री नैतिकवान बनाउन, कृत्रिम बौद्धिकताको प्रयोग आदिलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने अपरिहार्यता रहेको उहाँको भनाइ छ ।पछिल्लो समय प्रविधिको प्रभाव बढेको छ । पत्रकारिता क्षेत्रलाई नै अलमल बनाएको छ । साँचो र झुटो छुट्टयाउनका लागि आम मानिसलाई गाह्रो भएको छ । झुटो कुरालाई पनि असाध्यै राम्रोसँग प्रस्तुत गर्ने प्रवृत्तिलाई चिरेर भ्रमहरुलाई हटाउने र सही सूचना दिने काम पत्रकारिताबाटै हुनुपर्छ पर्ने भन्दै डा अर्यालले यसका लागि पत्रकारहरु अझ सकज, सीप र ज्ञान भएका हुन जरुरी छ भन्नुभयो । देशले मौलिक पत्रकारिता दिवस भनेर गोरखापत्रको प्रकाशन सुरु भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने नयाँ प्रचलन सुरु गरिएको स्मरण गर्दै वरिष्ठ पत्रकार दाहालले यो प्रचलन नयाँ भएकाले दिवसको सान्दर्भिकता र प्रभावकारिताबारे अझै छलफल गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले पत्रकारिता जनतालाई सुसूचित गर्ने र सशक्तीकरण गर्ने अहम माध्यम हो भन्दै त्यसलाई अझै सबल, सफल र प्रभावकारी बनाउन सबै जिम्वार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार राष्ट्रिय पत्रकारिता दिवस वास्तमा नेपालमा आमसञ्चार जगतका लागि निकै महत्वपूर्ण दिन हो । दिवसमा रचनात्मक काम गर्ने, पत्रकारिताको अहिलेको अवस्थालाई सुधार्ने र श्रमजीवी पत्रकारहरुको हितमा अधिकतम परिणाममुखी सन्देश दिने वा कुनै निर्णयहरु गर्ने हुनुपर्नेमा उहाँको भनाइ छ । महासचिव दाहालले भन्नुभयो, “दिवसको आयाम फराकिलो छ, त्यसैले यसलाई खास पत्रकारको दिवस जुन दिन नेपालका आमसञ्चारका पक्षमा र आम श्रमजीवीका पक्षमा केही न केही काम सुरु गरेको दिनको रुपमा यसलाई विकसित गर्न जरुरी छ । त्यसो भयो भने मात्र दिवसको सान्दर्भिकता झल्किन्छ ।”गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रिय पत्रकारिता दिवसले समग्र पत्रकारिताको विषयमा समीक्षा गर्ने, पुनरावलोकन गर्ने र पत्रकारिताको गुणस्तरअभिवृद्धिको विषयमा छलफल गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रका लागि मात्रै होइन, समाज र पत्रकारिताको अन्तरसम्बन्ध र पत्रकारिताले समाजमा पारेको प्रभावबारे सोच्ने, संवेदनशील हुने र तदअनरुप गतिविधि समयसापेक्ष बनाउन दृष्टिकोण बनाउन सहयोग हुन्छ ।”पत्रकार र राज्यबीचको सम्बन्ध, लोकतान्त्रिक अभ्यास र आचरणलाई सुदृढ गर्दै शासन व्यवस्थालाई जिम्मेवार र पारदर्शी बनाउन पैरवी र सचेतना गराउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।सञ्चार मन्त्रालयका सहसचिव ठाकुरले दशौैं पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रको विकास प्रवद्र्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गर्नुभयो ।
सर्लाही, वैशाख २४ गते । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् । उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटकपटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन् ।विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनुभयो । सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ । उपचार केन्द्रमा उपकरण तयारी अवस्थामा भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको अध्यक्ष पौडेलले बताउनुभयो । “विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेका बिरामीसँग बाटोको समय हुँदैन” केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले भन्नुभयो, “लैजाँदै गर्दा बाटोमै ज्यान गएका धेरै घटना छन् ।”सर्पदंशका कारण गम्भीर भएका बिरामीको उपचारका लागि केन्द्रले २०७५ सालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गरेको थियो । तत्कालीन समयमा स्वयंसेवकका रुपमा कार्यरत चिकित्सक अर्जुन लामाले उक्त उपकरण सञ्चालन गर्ने गर्नुभएको थियो । तर, २०७६ साल असार २३ गते राति उपचारको क्रममा सर्लाहीको हरिवनकी दुई वर्षीया बालिकाको केन्द्रमा मृत्यु भयो । घटनापछि बालिकाका आफन्तले केन्द्रको सघन उपचार कक्षमा रहेको उपकरण तोडफोड गर्नुका साथै चिकित्सक लामामाथि हातपात गरेका थिए । त्यस घटनापछि केन्द्रको सघन उपचार कक्षमा ताला लागेको हो । तोडफोड भएको उपकरण प्रदेश सरकार र लालबन्दी नगरपालिकाको बजेटबाट मर्मत गरे पनि चिकित्सक भने अझै आउन मानेका छैनन् ।दक्ष जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर छ वर्षदेखि प्रयोग बिना राख्नुपरेको केन्द्रका अध्यक्ष पौडेलको गुनासो छ । आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्न केन्द्रले गत चैतमा मात्रै आवेदन मागेको थियो । पाँच जना चिकित्सकले आवेदन भरेका पनि थिए । तर, उत्तीर्ण चिकित्सक नियुक्ति लिनै नआएको उहाँको भनाइ छ । चार वर्ष पहिला उपचार केन्द्रमा कार्यरत एक चिकित्सक र दुई जना स्वास्थ्यकर्मीलाई तालिमको लागि केन्द्रले धरान पठाइएको थियो । “उहाँहरूले आइसीयु र भेन्टिलेटर चलाउने आँट गर्नुभएन”, अध्यक्ष पौडेलले भन्नुभयो । सर्पले डसे र गम्भीर अवस्थामा ल्याएका बिरामीलाई तुरुन्त आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ । उपचार केन्द्र खुला स्थानमा रहेकाले स्थानीय र बिरामीका आफन्तको भीड उपचार कक्षसम्म पुग्ने गर्छ । यसले गर्दा चिकित्सकले स्वतन्त्र रुपमा उपचार गर्न नपाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । हाल यस केन्द्रमा एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ । नेपाली सेनाका दुई जना स्वास्थ्य कर्मचारी २४सै घण्टा निःशुल्क खटिने गरेका छन् ।“बिरामी तलमाथि भए ज्यानै जोखिममा हुन्छ, भन्ने त्रास चिकित्सकमा सिर्जना गरिएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “त्यसैले एमडी गरेका चिकित्सक आउ नै मान्नुहुन्न । अर्कोतर्फ एउटै चिकित्सकलाई मासिक रु दुई लाख तलब दिन समस्या छ ।” एक जना दक्ष चिकित्सकलाई हालका आठ जना स्वास्थ्यकर्मीको भन्दा बढी मासिक तलब भत्ता दिनुपर्ने उहाँले सुनाउनुभयो । बिरामीलाई प्रयोग गरिने एन्टिभेनम सरकारले निःशुल्क उपलब्ध गराउने गरेको छ । अन्य केही औषधि केमिकल केन्द्र आफैँले खरिद गर्ने गरेको छ । उपचार गर्न आउनेप्रति बिरामी रु दुई हजार पाँच सय र संस्थाका आजीवन सदस्यसँग केन्द्रले रु पाँच सय लिने गरेको छ । सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि लालबन्दी, ईश्वरपुर, हरिपुर र हरिवन नगरपालिकाले नियमित बजेट विनियोजन गर्ने गरेका छन् । नगर अस्पतालमा आइसीयु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक नहुँदा कुनै उपाय नलागेको लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले बताउनुभयो । “नगर अस्पतालमा कार्यरत कोही चिकित्सकलाई खटाउन सकिन्छ कि भनेर कुरा गरेका थियौँ, आइसीयु, भेन्टिलेटर चलाउन जान्नु भएको कोही हुनुहुन्न रहेछ”, नगरप्रमुख अधिकारीले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिकको १२५ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
काठमाडौँ, वैशाख २४ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।
१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल सरकारको आव २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरिएको हो ? विसं २०८२ वैशाख १९
प्रदेश सरकारको राजस्व क्षेत्राधिकार १. नेपालको संविधान र प्रचलित कानुनबमोजिम प्रदेश सरकारको राजस्व क्षेत्राधिकारबारे चर्चा गर्नुहोस् । साथै प्रदेश सरकारको राजस्व असुलीमा देखा परेका समस्या उल्लेख गर्दै राजस्व असुलीमा सुधार गर्न के कस्ता विषयमा ध्यान दिनुपर्ला आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
नयाँ दिल्ली, वैशाख २४ गते । भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी दिनुभएको छ।संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।
लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदीप अधिकारी र शान्तीश्री परियारको स्वर रहेको छ । गीतको शब्द तथा सङ्गीत सुदीपले नै दिनुभएको छ भने कमल सौरागले गीतमा सङ्गीत संयोजन गर्नुभएको छ ।
लामो समयदेखि नेपाली गीत/सङ्गीतमा लाग्नुभएका निर्देशक तथा गायक डिआर सुजनले थुप्रै गीत गाउनुका साथै शब्द, सङ्गीत, अभिनय तथा निर्देशनसमेत गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाँभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ ।
ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ ।