पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबलाई ८५–८१ ले हरायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ ।
बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले व्यवस्थापन गोरखापत्रलाई समय सुहाउँदो बनाउन सक्रिय रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश र संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महाप्रबन्धक ऐरीले यस्तो बताउनुभएको हो।
प्रदेश अस्पताल दमौलीमा प्रसूति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँमा पुर्याउनु पर्ने बाध्यता भएको हाे ।
गोरखापत्रका संस्थापक सञ्चालक जयपृथ्वीबहादुर सिंह (बझाङ्गी राजा) को योगदानको स्मरण गर्दै आज गोरखापत्र व्यवस्थापनका पदाधिकारीहरूले माल्यार्पण गरी स्मरण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।
भारत र पाकिस्तानबिच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैँक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन जस्तै गोरखापत्र संस्थान अब सार्वजनिक सेवा प्रकाशनमा जानुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिक १२५ औं वर्ष प्रवेश गरेको अवसरमा प्रकाशित स्मारिका ‘युग साक्षी’ लोकार्पण गर्नुभएको छ ।
गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ ।