काठमाडौँ, वैशाख २३ गते । वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँका अनुसार अस्पतालले एक वर्षमा छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएका छन् ।
वीर अस्पतालका निर्देशक शर्माले एक वर्षमा अस्पतालबाट छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएको जानकारी दिनुभयो ।
भर्ना भई उपचार लिएका बिरामीको सङ्ख्या २० हजार ८९९ छ । उहाँका अनुसार विगत तीन वर्षमा वीर अस्पतालमा वहिरङ्ग सेवा लिने सेवाग्राहीको सङ्ख्या ३० हजारले बढेको छ । अन्तरङ्ग सेवामा समेत बिरामीको उल्लेखिय चाप रहेको छ ।
२२ हजार १८८ शल्यक्रिया प्रदान गरिएकोमा पाँच हजारभन्दा बढी ठुला सर्जरी गरिएको डा.शर्माको भनाइ छ ।
अस्पतालबाट सेवाग्राहीले आठ हजार ३९७ एमआरआई, १८ हजार ५९ सिटी स्क्यान, ८६ हजार ६०७, एक्स्रे, ६३ हजार २३ अल्ट्रासाउन्ड, यामोग्राम एक हजार ३६ जनाले सेवा लिएका छन् ।
अस्पताले यो वर्ष बर्न वाड सञ्चालनदेखि फार्मेसी सेवा विस्तार । आइसियु सेवा पूर्णमा सञ्चालन, बाथ मुटुरोग बिरामीको सुरुवात गरेको छ । अस्पतालले दीर्घकालीन दुखाई इमजेन्सीमा थप बेड थपेर ७० बेडको इमरजेन्सी बेड सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ ।
अस्पतालले हाल ७२ बेडको आइसियू र ३८ बेडको एचडियू गरी, ९६६ शय्याबाट सेवा प्रदान गर्दै आएको छ ।
चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा.भुपेन्द्र बस्नेतका अनुसार न्याम्सले २३ वर्षमा डीएम/एमसिएच, एमडी/एमएस र नर्सिङ लगायतका विषयमा ३६ सय जनशक्ति उत्पादन गरिसकेको छ ।