• २३ वैशाख २०८२, मङ्गलबार

‘नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने’

blog

राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्नुहुँदै राष्ट्रियसभा सदस्य उर्मिला अर्याल । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, वैशाख २३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाउनुभयो । राष्ट्रिय गौरवका आयोजना, गाँजाको व्यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेटन सरकारसँग माग गर्नुभयो ।

सांसद अर्यालले आत्मनिर्भरको अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउने योजना नीति कार्यक्रममा समेटन आग्रह गर्नुभयो । रासस