वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, वैशाख २३ गते । पदमार्गका आधारित पर्यटन विकास आयोजना अन्तर्गत छिन्नमस्ता मन्दिरलाई सुरुवातीविन्दुु मानेर पदमार्गको शिलान्यास गरिएको छ । दिगो पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा आर्थिक विकास गर्न पदमार्गको शिलान्यास गरिएको हो ।
स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकाबाट सुरु हुने प्रस्तावित मुन्धुम पदमार्गको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले शिलान्यास गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय समन्वयकारी निकाय रहेको उक्त योजनाले दिगो पर्यटन विकास, आर्थिक उपार्जन र सांस्कृतिक संरक्षणमा जोड दिने नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।
छिनामस्ता मन्दिरबाट सुरु भएको पदमार्ग हिन्दुपति सेन राजाको दरबार (चावचा, बागदलबारीको नजिक) एसियाकै ठुलो भनिएको लिच्चीको रुख (अर्चले), मध्यकालीन लालकोटगढी, भवानीथानगढी, मध्यकाल भवानीथान मन्दिर, सूर्यकुण्ड, वराहक्षेत्र मन्दिर हँुदै कोशी पुलबाट मैनामैनी हँुदै भोजपुरसम्म पुग्ने मुन्धुम पदमार्ग जोडिने छ ।
पदमार्गका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपियाँ बजेट विनियोजन भएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । स्विट्जरल्यान्ड सरकारको ५५ प्रतिशत लगानी र ४५ प्रतिशत नेपालले लगानी गर्ने गरी काम सुरु गरिएको बताइएको छ ।
कोशी प्रदेशको २९ वटा स्थानीय तहले कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाको काम गर्ने छन् । आयोजनाले करिब चार सय किलोमिटर ट्रेल निर्माण गर्ने र पर्यटनसँग सम्बन्धित व्यवसायमा सहयोग पुग्ने बताइएको छ । शिलान्यास कार्यव्रmममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की, नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत पार्वता राना, प्राविधिक टोली, पदमार्ग निर्माण समितिका सदस्यलगायत स्थानीय स्थानीयवासीको उपस्थिति रहेको थियो ।
पदमार्गका लागि चार वर्षभित्र स्विट्जरल्यान्ड सरकारले करिब एक अर्ब २६ करोड रुपियाँ बराबरको सहयोग गर्ने बताइएको छ । यसमा नेपाल सरकारले ट्रेल सुधार र प्रवर्धनका लागि करिब १८ करोड ६० लाख रुपियाँ विनियोजन गर्ने आयोजनामा कोशी प्रदेश सरकार र स्थानीय सरकारको पनि योगदान रहने वराहक्षेत्र नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिनुभयो ।