काठमाडौँ, वैशाख २२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
आलमलाई २०७९ सालको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा प्रतिबन्ध गरिएको थियो ।
क्यानले सोमबार विज्ञप्ति जारी गर्दै आलममाथि लगेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमाथिको प्रतिबन्ध फकुवा गरेको उल्लेख गरेको छ ।
क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदनको आधारमा आलमलाई फुकुवा गरेको पनि जनाएको छ । यससँगै अलराउन्डर आलमको राष्ट्रिय टोलीमा खेल्ने बाटो खुलेको छ ।
फिक्सिङको आरोप लागेका आलम र अर्का क्रिकेटर महबुब आलमले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको थियो ।