काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले सुरक्षा प्रविधिमा लगानी गर्नुपर्ने बताउनुभएको छ। नेपाल आदर्श माध्यामिक विद्यालय, गणबहालमा आइतबार आयोजित सामुदायिक सुरक्षा एवम् अपराध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ। सरकार बनाउनेतर्फ पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो।
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेससँग मिल्दा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने र प्रतिस्पर्धा गर्दा मिल्नुपर्छ भन्ने बिर्सन नहुने बताउनुभएको छ ।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा जौँ , उवा र आलु लगाउनका लागि चौँरीको सहायताले हलो जोत्दै कृषक ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार मध्यपुर युथ एसोसिएसन र झापा एफसी विजयी भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिनुभएको छ ।
गएको चैत २६ गते अन्त्य भएको गण्डकी प्रदेशसभाको अर्काे अधिवेशन यही जेठ ११ गतेबाट सुरु हुने भएको छ। आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले ११ गते दिउँसो २ बजेदेखि सुरु हुने गरी बैठक आह्वान गर्नुभएको हो।
हाल रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ। आयोजनाको विद्युत गृहमा समस्या आएसँगै चार दिन अर्थात गएको बिहीबार रातिदेखि विद्युत उत्पादन बन्द भएको हो।
सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ ।
बागलुङमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गत माघ फागुनमा सम्पन्न भएको पालिका स्तरीय खेलपछि खेलकुद समिति पदाधिकारीविहीन हुँदा ढीला गरी जिल्ला स्तरीय खेल सुरु भएको हो ।
न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क सहरका मेयर एरिक एडम्सले बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ। पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो।
पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी ढुङ्गाना नियुक्त हुनुभएको छ। क्याम्पस सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले प्रमुखमा ढुङ्गानालाई नियुक्त गरेको हो।