लन्डनमा शनिबार राति भएको फाइनल खेलमा क्रिस्टलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १–० गोलले हरायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेजका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गर्नुभएको छ।
बढ्दो चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्ने धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। मौन अवधिमा सबैभन्दा बढी खर्च हुने गरेका कारण यसलाई घटाउनु पर्ने उनीहरुले बताएका हुन। इन्टरनेशनल आइडियाले आयोजना गरेको कार्यक्रममा निर्वाचन खर्च घटाउन सबै तहको एकसाथ निर्वाचन गराउनु पर्ने, उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने लगायतको उनीहरुले सुझाव दिए।
मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट युवा व्यवसायी राज कार्की सम्मानित भएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित हुनुभएको हो। नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो।
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउन्ड्स एकेडेमीको अपराजित यात्रामा ब्रेक लगाएको छ ।
म्याराथन तथा रोडरेसको विश्वव्यापी सन्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स) अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण गर्नु हुने भएको छ ।
नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो।
सप्तरीमा विभिन्न पालिकामा सडक डिभिजन कार्यालय लहानले सडक र पुलसहित २६ वटा योजनाको ठेक्का अलपत्र पारेर ठेकेदार फरार भएका छन् ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।
ऐरावती गाउँपालिका –२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् ।
निर्देशक रोशन दासले मधेशको मौलिक संस्कृति, परम्परा र परिवेश झल्काउने फिल्म ‘प्रतिवैरम्’ निर्माण गर्न लागेका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थको उत्खनन स्थल ।